Pages

"बलि प्रथा" को बलि

 


जताततै दुई खुट्टा ले उभिएका कति अग्ला जिव थिए। तिनिहरूको मेरो भन्दा अग्लो बस्ने ठाउँ थियो।ति अग्ला चिटिक्क लुगा लगाएका जिवहरू नाचगान गरिरहेका थिए।पछि थाहा पाएं ति मान्छे रहेछन्, हाम्रा मालिक।आज ति मान्छे को घरमा  एक सानो प्राणिको को जन्मदिन थियो, त्यसैले होला सबैको अनुहारमा खुसी को रङ्ग छाएको थियो।तर मेरो आमा दुखि हुनुहुन्थ्यो ।उहां भन्दै हुनुहुन्थ्यो," फेरि तं जन्मिस् मलाई दु:ख लागिरहेको छ।त्यो सानो मान्छे संगै जन्मिएको थियो तेरो दाजु‌।जो त्यो सानो मान्छे जन्मिएको खुसियाली मा सबै मान्छे को स्वादिष्ट भोजन बनेको थियो। उहांले थप्नुभयो," कुनै यस्तो परिवार नियोजन को साधन होस् जसले मेरा सन्तानहरु लाई जन्म नै नदेओस्।" मैले कुरा बुझिन ।सोचें म बुझ्ने भएपछि बुझ्नेछु।

मलाई म हुनुको थाहा भएको एक दिन भयो।म संसारमा जन्मिएको थिएं । एउटा सानो खोरभित्र को संसार।जुन संसारबाट नियालिरहेको थिएं,एक विवेकशील प्राणी को खुसियाली को संसार।

मैले केहि छिनमै दौडिन सिकिसकेको थिएं। मलाई आमाको कुरा संग कुनै परवाह थिएन। मलाई साथी चाहिएको थियो।मेरो साथी थियो त्यो सानो मान्छे।उ मलाई मुनुमुनु भनेर बोलाउंथ्यो,म जान्थे। उसले मलाई काखमा राख्थ्यो।म उसको अंगालोबाट निस्कन्थे अनि कुलेलम ठोक्थें। कतिखेर उ मेरो फोहोरी सानो घरमा आउंथ्यो,कतिखेर म उसको सफा घरमा जान्थे। हामी प्राय: छुट्टिने गर्थेनौं।उ घरकूटी खेल्दा मैले नियाली रहन्थे,मैले घांस खाइ रहंदा सानो मान्छे ले अचम्म मान्दै हेर्थ्यो। उसले पानी खाएको देखेर अचम्म लाग्थ्यो।सोच्थें मेरो पनि हात भएको भए। उसले बोलेको देख्दा लाग्थ्यो मेरो पनि उसकै जस्तो भाषा भएको भए।

रमाएरै चलिरहेको थियो जिन्दगी। तर अचानक एकदिन उसको घरमा धेरै मान्छे आए। सानो मान्छे को  घरमा झिलिमिली थियो तर मेरि आमाको मुहार मा नैराश्यता छाएको थियो।एक डर देखिन्थ्यो,अनुहारमा।तर के को डर थियो, मलाई थाहा थिएन। केहि बेरमै एक ठुलो मान्छे आएर मलाई बांधेर घिसार्दै घिसार्दै लगे । मेरो आमा जोरले म्यां गर्दै रूंदै कराउन थाल्नु भयो।म पनि कराएं।त्यो ठुलो मान्छे ले मलाई बोरामा हाल्यो र एक मोटरसाइकल मा राखेर एक मन्दिर मा पुर्यायो।कति राम्रो थियो , मन्दिर।तर राम्रो थिएन मेरो तक्दिर। मेरो कानमा पानी अक्षता लगाएर मलाई अप्ठेरो मा पार्न लागे।केहि छिन् मा त्यहां लामो नाक भएका,सेतो लुगा लगाएका बुढा ले मेरो  कानभित्र अक्षता हाले, मैले अक्षता बाहिर निकाल्न टाउको हल्लाएँ।त्यहां उपस्थित सबै  मान्छे ले मेरो टाउको हल्लाएर गरेको शारीरिक प्रतिक्रिया लाई  मैले " मलाई मार " भन्नेर गरेको  स्विकार  सम्झे। 

मेरो साथी सानो मान्छे को बुबा नै ठुलो मान्छे थिए।ति ठुलो मान्छे भन्दै थिए,"मेरो छोरालाई रोगव्याधी नसमाओस् ,आयु बढोस्।हे देविदेवता।रक्षा गर।यसैको निम्ति यो बलि लैजाउ।"


उतापट्टि सेता लुगा लगाएको  मान्छे मन्त्र फुक्दै थिए र भन्दै थिए," छिटो, गरौं छिटो । शास्त्र अनुसार धेरै समय छैन ,मार हान्ने।ढिलो गर्नु हुंदैन। फेरि देविले रिसाउंछन् ढिलो गरे ।"

म चकित परें। आश्चर्य मिश्रित डर थियो म मा । मलाई ति बोल्ने मान्छे , मान्छे जस्तै लागेन।

मेरो अगाडि ठुलो मान्छे को हातमा  ठुलो हतियार थियो। मैले यताउता हेरें देखिन कतैतिर- मेरो साथि " सानो मान्छेलाई। " बांच्ने आशा पनि क्रमशः हराउंदै गएको थियो।


वरपरि मलाई मारेको हेर्ने मानिस को जमात थियो। ठुलो मान्छेलाई सबैले भन्दै थिए ,"एकैचोटी मा छिनालेस् है "।सबै खुसि थिए। कसैले भन्दै थियो," यो सालको दसैंमा धेरै मासु खान पाइने भयो ।कति ठुलो बोका छ‌।" म झसंग भएँ।ए मान्छेहरू तिमिलाई दसैं छ, मलाई दशा।यिं मान्छे सित मनमा  रिसको पोका थियो।म बोका भएर जन्मिनु नै ठुलो धोका थियो।कहां जाउं म के गरू? म निस्कने न झ्याल थियो न ढोका थियो।


तर अकस्मात् एकजना कोहि कृष्ण जस्तो मान्छे आउंछन् र भन्छन्,"बलि दिनु गलत हो। रोक्नुहोस्।"

त्यहांको पुजारी ले भन्यो,"चुप लाग । तिम्रो कुरा  धर्म,संस्कार र रितिरिवाज विरुद्ध छ ।"

 कृष्ण ले भने,"धर्म यस्तो लाई भनिदैन पटमुर्ख। धर्म भनेको नियम हो शास्वत् नियम।जो सदावहार चलिरहन्छ।संस्कार र रीतिरिवाज तिमि आफैले निर्माण गरेका हौ। यस्ता संस्कार कतिपय राम्रा छन्, कतिपय नराम्रा। राम्रा अनुसरण गर्दै अरूलाई हानी हुने संस्कार छोड्दै जानु तिम्रो कर्तव्य हो मनुवा।पुजा तिम्रो मन देखि गर, तिम्रो कल्याण हुनेछ।बलि काम, क्रोध,लोभ,मोह, अहंकार को देउ।"


पुजारीले एकछिन् कुरा सुन्छ तर अझै टेर्दैन।


केहि छिनपछि बुद्ध जस्तो मान्छे आएर नम्र स्वरले भन्छन् ,"रोक्नुहोस् यस्तो हिंसाले तपाईं लाई अशान्ति को मार्गमा धकेल्नेछ।"

त्यहांको मार हान्न लागेको ठुलो मान्छे ले भन्यो,"को होस् तं? सुख, शान्ति र ऐश्वर्य प्रदान गर्न मैले कालिका देवी लाई रगत चढाउन पर्छ।"

बुद्ध जस्तो देखिने शालिन मानवले कुरा थपे,"सुख, शान्ति तिम्रा कर्मकाण्ड मा निर्भर छैन। तिम्रो मन निर्मल पार।राग र द्वेष बाट मुक्त भएर जागरूक बन।तिमि आस्था मा अन्धो छौ।। यसरी अरूलाई मारेर तिमि शान्त,खुसि र  कहिल्यै बन्न सक्दैनौ।हेर त निहत्था जनावर का आंखामा । तिम्री कालिका माता ले सांच्चै खान्छिन् होलिन् त रगत ।माता ले सन्तान को रगत खान्छिन् त? प्रश्न गर आफुलाई।थोरै विवेक जगाऊ।"

यस्तो कुरा सुनिसकेपछि एकछिन त रोकिन्छन् सबैजना ।म मा ,मान्छे सांच्चिकै मान्छे बन्यो कि आभाष हुन्छ तर त्यो आभाष क्षणभंगुर हुन्छ। फेरि ठुलो मान्छे ले हतियार समाउंछ र  तर्क अघि सार्छ,"मान्छे मासु नखाए बांच्न सक्दैन ।हाम्रो शरीरको निम्ति प्रोटिन चाहिन्छ। हामीले हामीले स्वस्थ र तन्दुरुस्त हुन जनावर मारेर मासु खानै पर्छ ।"

यस्तो प्रश्न को उत्तर दिन केहिछिनमै पाइथागोरस, आइन्स्टाइन लगायतका वैज्ञानिक हरूको संयुक्त टोली आउंछ र  रिसर्च पेपरहरू देखाउंदै भन्न थाल्छन्,"हा!हा!हा! तिम्रो रिसर्च पुगेन । वैज्ञानिक दृष्टिकोणले मानिसको शारीरिक बनावट शाकाहारी प्राणी को छ । मान्छे लाई आवश्यक पर्ने प्रोटिन लगायतका अति आवश्यक पदार्थ शाकाहारी खानेकुरा मा पनि प्रशस्त पाइन्छन्। मान्छे मासु बिनै स्वस्थ भन्दा पनि अस्वस्थ बढि हुन्छ।।उनले रिसर्च पेपरहरू सुनाउन लागे।

 - A team of researchers at Loma Linda University in the United States has shown vegetarian men live for an average of 10 years longer than non-vegetarian men.


-Studies show that a vegan or vegetarian diet may reduce the risk of cardiovascular disease and various types of cancer. A non-meat diet may also reduce the risk of metabolic syndrome, which includes obesity and type 2 diabetes.

-Meat consumption is responsible for releasing greenhouse gases such as methane, CO2, and nitrous oxide. These gases contribute to climate change, such as global warming. Livestock farming contributes to these greenhouse gases in several ways: The destruction of forest ecosystems.

मैले त केहि बुझिन तर मैले बुझ्नु ठुलो कुरा थिएन। जरूरी बुझ्न पर्ने मान्छेले बुझ्नु थियो।ठुलो मान्छे ले केहि बुझेनन् या नबुझेझै गरे,थाहा पाउन सकिन।ति ठुलो मान्छे अझै फेरि अगाडि तम्सिनछन् मलाई मार्नलाई।उनि  फतफताउंदै थिए ,"दुई दिन को जिन्दगी हो । जसरी भए पनि मर्नु छ ढिलोचाँडो।खाएर को मर्छ ,काल ले तोकिदिएको मिति छ ।सब दैवको लिला हो। जसले जे सुकै भन।हामीले जनावर पाल्नुको औचित्य के ? अर्थतन्त्र के हुन्छ? हामीले यत्रो मेहनत गरेर पाल्ने मासु खानलाई त हो।"

फेरि ओशो जस्तो देखिने एक फिलोसफर आएर भन्दछन्,"हेर।यो लडाई उदेश्यहरु बिचको हो‌‌।तिमि मान्छे को उद्देश्य र यो निहत्था प्राणीको उदेश्य बिचको हो। तिम्रो उदेश्य उसलाई चोक्टा चोक्टा पारेर निल्नु थियो।यो प्राणीको जन्मिनुको उदेश्य संसार मा जन्म लिएर रमाउंदै प्राकृतिक रुपमा मर्नु थियो।यहां दुवैको उदेश्य बिच लडाई छ।यो पशु को उद्देश्य ठुलो छ‌‌ तर यो सानो छ। तिम्रो उदेश्य सानो  छ तर तिमि ठुलो छौ । तिमि संग शक्ति छ । बुद्धि छ । तिमिले जित्यौ।तर जितेर पनि हार्यौ‌‌।तिमि मान्छे को उपमा दिन लाएक भएनौ।"


अचानक ,"लोकराज छिटो आइजो" आवाज आउंछ।जसमा  म्यां म्यां आवाजको स्याड म्युजिक बजेको हुन्छ।

एकछिन सुत्छु भनेर बिहानको खाना खाएर पल्टेको दुई पो बजेछ‌।सपना मा त जनावर पो भएको रहेछु। कस्तो अचम्म को सपना।

सपनाजस्तै विपना जस्तै थियो ।घरनजिकै को पितृ को मठमा बोकाको कानमा सबै मिलेर  अक्षता हाल्दै थिए।डरले बाख्रा कराउंदै थियो।म जुरूक्क उठेर मठमा गएं। मैले भने या त मेरो बलि दिनोस् या त बलि दिने चलनलाई बलि दिनोस्।"

सबै मुखामुख गर्नथाले।ठुलबुबाले बोकेको हतियार मागेर पर राखिदिएं।दाजुको हातमा रहेको सानो बोकालाई आफ्नो हातमा लिएं र छोडिदिएं।सबैले मलाई टुलुटुलु हेरे।मैले देखेको सपना सविस्तार सुनाएं।

सबैले भने,"ठिकै हो यस्तो गर्ने हाम्रो  भित्रै देखि इच्छा हैन। यस्तो गर्दा देवि देवता खुसी हुन्छन् जस्तो पनि लाग्दैन। संस्कार निभाऔं भनेर मात्र हो । अबदेखि बलि प्रथालाई नै बलि दियौं हामीले पनि।"

सबैले मिठाई लिएर आयौं र बांडेर खायौं।अब हामी सबैले भेजिटेरियन दसैं मनाउने निर्णय गर्यौंं।


केहि बेरमा बोका दौडेर आमा ठाउँ गयो र दुध नआए पनि दुध खान थाल्यो। नमार्नु न मेरो मुनुलाई भन्दै रोइरहेको स्यानो भाई निकै खुसी भयो ।केहि बेर बाख्रा ले मलाई हेर्यो,नियाल्यो ।के सोच्यो उसैलाई थाहा होला।


सपना अपुरो थियो जुन सपना विपनामा आएर पुरा भए जस्तो लाग्यो।

-लोकराज आचार्य





No comments:

Post a Comment