Pages

जिवनमा प्रथम् हुनुहोस्, कक्षा मा होइन

(Don't be  First in Class ,to be First in Life)



किताबि दुनियां





माथिको शिर्षक पढ्दा एकछिन् त तपाईं ले सोच्नुभयो होला कस्तो उल्टो कुरा गरेको होला।के भयो यसलाई?हैन,यस्तो पनि हुन्छ र कहिल्यै?तर प्रिय पाठक यहां ख्याल गर्नु पर्ने कुरा के छ भने वास्तविकता हाम्रो समाज र विद्यालय ले  सिकाएको भन्दा फरक हुन सक्छ।आउनोस् ,यस विषयमा एकछिन छलफल गरौं,अनि मुल्यांकन गरौंला।

 मानौं दुईजना विद्यार्थी छन्। एउटा X  भन्ने विद्यार्थी चैं निकै पढन्दास छ।उसले हरेक कुरा छिटै याद गर्न सक्छ।कक्षा मा  प्रथम् आउनुपर्छ भनेर उसलाई अत्यधिक मेन्टल प्रेसर छ।अब रामको काम भनेको जतिसक्दो धेरै कुरा याद गरेर परिक्षामा सर्वाधिक अंक ल्याएर सबैलाई जित्ने हुन्छ। उसलाई पढाईमा डिस्टर्ब हुन्छ भनेर घरको  काम पनि खासै गर्न पठाइन्न। खेल खेल्नु पनि समय खर्च हो भन्ने सिकाइन्छ र ऊ पनि त्यस्तै मेन्टालिटि बनाउंछ।स्कुलमा पनि उसमा अब्जरभेसन र क्रेटिभिटि बढाउनु भन्दा स्टोरेज क्यापासिटी बढाउनै दबाब हुन्छ। पुस्तक उसको संसार हुन्छ,संसार उसको सपना हुन्छ। सेकेन्ड ह्यान्ड इन्फरमेसन कलेक्सन र स्टोरिङ मै समय व्यतित गर्छ,जुन कुरा गुगल मा केहि सेकेण्डमा प्राप्त गर्न सकिन्छ। उसले पढ्नु को मुख्य उद्देश्य भनेको टप अंक ल्याउने हुन्छ।


अर्को Y भन्ने विद्यार्थी छ। उसप्रति परिवार र विद्यालय को प्रथम् हुनुपर्छ भन्ने आशा छैन।उ मस्त छ। खुसि छ। स्वस्थ छ ।फुर्तिलो छ।उसले खेलकुद मा भाग लिन्छ ।उ सामाजिक र पारिवारिक कार्य मा अत्यन्तै समर्पित हुन्छ र आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउंछ। उसलाई ज्ञानको  कुनै घमण्ड छैन र सरल छ। इमान्दार छ र विनम्र छ ।उसलाई प्रथम् हुनको लागि पढ्न छैन,यो उसको उद्देश्य नभई परिणाम हो।उसको लागि अनुभव नै पुस्तक हो । उसले जानकारी धेरै संग्रह गरेको त छैन जति कुरा जानेको छ , त्यसलाई व्यवहारमा प्रयोग गर्दछ।


अब भन्नोस् पछि गएर वास्तविक संसारमा को बढि सफल होला?X कि Y? एकचोटी चिन्तन मनन गर्नोस् । आफैलाई प्रश्न गर्नोस् अनि मुल्यांकन गर्नोस्। मुल्यांकन गर्दा सफलता लाई समग्र दृष्टिकोणले परिभाषा गर्नुहोला।



यो त सफलता  को कुरा भयोे। तपाईं लाई थाहा छ, प्रथम् हुनैपर्छ भन्ने मानसिकता को परिणाम के हुनसक्छ? ऊ जित्न चाहन्छ ,हरेक लाई हरेक कुरामा ।उच्च महत्वाकांक्षा हुन्छ।ऊ जहां पनि जान्छ, जित्ने खोज्छ।संधै अरूलाई पछार्न खोज्छ। जहाँ पनि जान्छ,ऊ गलत नै गरेर पनि जित्न खोज्छ। अरूलाई लडाएर आफु उठ्न खोज्छ।पछि कुनै सार्वजनिक निकाय मा पुग्दा भ्रष्टाचार गरेरै भएपनि ठुलो घर बनाउन छ उसलाई ।किनभने उसको मानसिकता प्रथम् हुने छ र उसलाई जसरी हुन्छ, आफ्नो अग्लो घरको छतबाट अरूका साना घरलाई हेर्न छ।यसको लागि ऊ जे पनि गर्न ,तत्पर छ।ऊ ठुलो बन्न चाहन्छ,असल बन्न चाहँदैन। जसको परिणाम भयावह छ।


त्यस्तै विद्यालयले  पनि सार्वजनिक रूपमा नतिजा सार्वजनिक गर्ने गर्दछन्। विद्यालय लेभल देखिनै यसप्रकार का अस्वस्थ  प्रतिष्पर्धाको के सांच्चिकै आवश्यकता छ? हाम्रो वर्तमान शैक्षिक प्रणाली मा  यस्ता प्रश्न आवश्यक छन्।


हरेक बालबालिकाको को नेचर फरक-फरक हुन्छ । उनीहरू लाई एउटै तराजुमा जोख्न सकिदैन।माछालाई जमिनमा खरायो संग रेस गराउनु उपयुक्त हुंदैन।खरायो लाई चिल संग उड्न प्रतिष्पर्धा गराउन लगाउनु उपयुक्त हुंदैन।यहांका विद्यालयहरुमा यस्तै दौड चलिरहेको छ ।ब्याचलर लेभलमा आइपुग्दा विद्यार्थी ले आफ्नो नेचर र प्यासन अनुसार फिल्ड छनोट गरिसकेका छन्,यहां चैं प्रतिष्पर्धा सुहाउँछ। युनिभर्सिटी परिक्षा को  प्रतिष्पर्धामा पनि व्यवहारिक रूपमा आफ्नो क्षेत्रमा अब्बल विद्यार्थी नै सर्वोत्कृष्ट हुनपर्छ।तिन घन्टा को परिक्षा को आधारमा मुल्यांकन गर्नु बेवकुफि हो।मानौं बीजनेस को दुईजना  स्टुडेन्ट छन्। नीता र सीता। नीता ले व्यवसाय मा इमान्दार र नम्र हुनपर्छ भनेर पढ्छिन् र परिक्षा मा राम्रो सित लेख्छिन् ।नीता को अंक राम्रो आउंछ।तर यिनि चाप्लुसी गर्न र गोप्य कुरा आउट गर्न मा ट्यालेन्ट छिन् र रूखो स्वभावकी छिन्।

 अर्की सीता नम्र स्वभावकि छिन्।यिनि आफुले जुन व्यवहार अरुबाट आशा राख्छिन् ,त्यहि  व्यवहार अरूलाई प्रस्तुत गर्छिन्।यिनि अरूको प्राइभेसी रेस्पेक्ट गर्छिन्।तर अफसोच यिनी परिक्षा मा यहि कुरा राम्ररी लेख्दिनन्।

अब यहां पछि जिन्दगी मा कतै बिजनेस गर्नपर्दा वा कुनै संगठनमा काम गर्न पर्दा को सफल हुन्छ ?  कलेज लेभल को प्राप्ताङ्क अनुसार चैं को सफल हुन पुग्यो?यसैकारण नेपालको नंबर वान् भनिने त्रिभुवन विश्वविद्यालय ले पढाउने र परिक्षा लिने कुरा मा व्यापक सुधार गर्नुपर्ने देखिन्छ। 



मैले यति भन्दै गर्दा लोकसेवा लगायता अन्य परिक्षामा टप नहुनु भनेको हैन,यहां हुनैपर्छ। यस परिक्षा मा पनि लिखित परिक्षा भन्दा पनि सम्बन्धित विषय को व्यवहारिक सिप परिक्षण गर्नपर्छ र केहि हदसम्म भइआएको पनि छ।जसमा अब्बल हुन खोज्नु नराम्रो हैन।तर विद्यालय लेभलमा कोर्सहरू खिचडि हुन्छ। व्यक्ति को नेचर अनुसार को विषयमा मात्र विद्यार्थी सफल हुन सक्छ।जस्तै यदि कोहि बच्चा राइट ब्रेन बडि याक्टिभ छ भने नेपाली मा बढि ट्यालेन्ट हुन्छ ।यदि लेफ्ट ब्रेन बडि याक्टिभेट छ भने उ लजिकल हुन्छ र गणित मा बढि ट्यालेन्ट हुन सक्छ।



यति कुरा मैले भन्दा लाग्ला सायद यो मान्छे क्लास या फेल हुन्थ्यो,त्यहि भएर यस्तो भनिराखेको छ ,त्यसो हैन।मैले विद्यालय लेभलमा रिजल्टको दिनहरूमा मेरो नाम अगाडि हुंदा अरू साथिहरुको  अंधेरो  मुहार देखेको छु।कसैलाई विषय लागेको कारण स्कुल आउन लाज मानी भारत पसेको देखेको छु।कोही सामाजिक मा फेल भएका थिए तर म भन्दा बढि सामाजिक थिए।मेरो भन्दा जनसंख्या,स्वास्थ्य तथा शारीरिक शिक्षा मा कम अंक ल्याएका थिए ,जो म स्वस्थ रहने उपाय पढिरहेको बेला नुहाइरहेको हुन्थे।कोही विज्ञान मा फेल थिए,तर उत्तोलक को प्रयोग गरी ठुला ढुंगा पल्टाउन सक्थे।लेखा मा कमजोर थिए तर घरको सबै कारोबार समालेका थिए।


अन्तत: विश्वविद्यालय र क्याम्पसहरू मा व्यवहारिक शिक्षा मा बढि केन्द्रित हुनुपर्छ अन्यथा श्रम बजार मा कोरा जानकारी युक्त मान्छे को मुल्य शुन्य हुनेछ र लाइफ ड्यामेज हुनेछ। त्यस्तै शिक्षकहरूले विद्यालय भित्र  विद्यार्थी-विद्यार्थी र विद्यालय -विद्यालय बिच  प्राप्तांकको आधारमा हुने अस्वस्थ प्रतिस्पर्धा हटाउन पर्छ। यसलाई व्यवाहारिक ज्ञानको आधारमा मुल्यांकन गर्ने पद्धतिमा रुपान्तरण गर्दै जानुपर्छ। त्यस्तै विद्यार्थीहरु ले अध्ययन गर्दा  उच्च प्राप्ताङ्क ल्याएर प्रथम् हुनको लागि हैन सिक्न को लागि पढ्न पर्छ ,जान्नको लागि पढ्न पर्छ।अन्यथा प्रथम् हुने उद्देश्य सिमित भयो भने तपाईं समग्र वास्तविक जिवनमा मा पछाडि पर्नु हुनेछ। तपाईं पढेर मात्रै अगाडि बढ्नु भयो भने पढेर र परेर अगाडि बढेकाहरू तपाईं को तुलनामा बढि सुख, समृद्धि,खुसि र स्वस्थ जिवन हासिल गर्नेछन्। त्यसैले कक्षाकोठा मा मात्रै प्रथम् हुन खोज्ने प्रिय विद्यार्थीहरु,जिवनमा पछाडि परिएला है ? विचार गर्नुहोला । यो लेख पढिसकेपछि अभिभावक ले पनि वास्तविक शिक्षा र जानकारी को संग्रह बिच फरक छुट्याउनु हुनेछ भन्ने कुरामा आशावादी छु।

- Lokraj Acharya 








No comments:

Post a Comment