Pages

हामीले विगत हेर्ने कि वर्तमान?


 एउटा सामन्ती भन्ने मान्छे थियो। उसको नेतृत्व मा केहि वर्ष अगाडि गाउंमा विद्यालय बनेको थियो। कुनै समयमा विद्यालय बनाएको कारण ले गर्दा अहिले गाउँमा म नै ठुलो हुं भन्थ्यो।सो विद्यालय मा पढेर बनेका शिक्षक,डाक्टर, इन्जीनियर,बैंक अफिसर जतिपनि  बनेका थिए ,उ सबै मेरै योगदान ले बनेका हुन् भन्थ्यो।यसमा उ गर्व हैन घमण्ड गर्थ्यो।


अर्को थियो कमरेड , उसले विद्यालय मा नेतृत्व परिवर्तन गर्न सामन्ती का विरूद्ध  ठुलो द्वन्द्व सिर्जना गर्यो। कमरेडले विद्यार्थी लाई आन्दोलन गर्न लगायो जसमा कतिपय बालबालिका र शिक्षक को मृत्यु भयो।जारी युद्ध समाप्त गर्न सामन्ती ले कामरेड लाई सम्झौता को लागि बोलाउंछ। सम्झौता अनुसार अब विव्यस को अध्यक्ष को लागि अब  चुनाव हुने सिस्टम आएछ।


उनिहरु दुईजना ले कहिले छुट्टाछुट्टै त कहिले मिलेर नै विद्यालय चलाउन थाले।

एकजना अध्यक्ष हुन्थे त एकजना सचिव। हरेक पदको भागबन्डा गर्थे। शिक्षक कसको कसको मान्छे राख्ने भागबन्डा गर्थे।मिलेर  रकम हिनामिना गर्थे। स्कूल भताभुङ्ग थियो । पढाई लेखाई भन्दा गफ बढि हुन्थ्यो। शिक्षक लाई खुवाउने तलब पुरै बोनस सहित हुन्थ्यो तर विद्यार्थी संग किताब थिएन। शिक्षक राम्रा हैन हाम्रा थिए। विद्यार्थी हरू अन्य विद्यालयमा सर्दै थिए।वि.व्य.स. कमजोर हुंदा विद्यालय अलपत्र थियो। विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्न सक्ने थुप्रै मान्छे थिए। विद्यालय बनाउंदा कामदार को रूपमा काम गर्नेका छोराहरू थिए।त्यहि विद्यालय मा पढेर अध्यापन गरेका रिटायर्ड शिक्षकहरू थिए।जब जब नेतृत्व परिवर्तन को कुरा आउंथ्यो, सामन्ती र कमरेड ले भन्ने गर्थे,"बाच्छा हरू पहिला एकचोटी इतिहास पढ। तिमिहरुको के योगदान छ यहां ?"




माथिको एउटा उदाहरण थियो । हाम्रा देशका ठुला राजनीति दलको । हाम्रो देशका राजनीतिक दल पनि यस्तै छन्।कांग्रेस ले भन्छ हामीले राणा फालेका हौं। माओवादी भन्छ हामीले लोकतन्त्र ल्याएका हौं। एमाले ले पनि कम्युनिष्ट आन्दोलन गरें भन्छ। विस्थापित हुनुपर्ने यिं स्थापित दलहरु विगतमा गरेको कामलाई मात्र मुल्यांकन गर्न किन भन्छन्? यस्तै भन्ने हो भने अब राप्रपा ले पनि भन्न बेर छैन," राजतन्त्र थियो र त यो देश छ। पृथ्वीनारायण शाह बाइसि चौबिसी राज्य एकिकरण गरेको कारणले  मात्र  देश बनेको हो।"



जनताको प्रश्न के हो भने विगत मा कसले के गरेको छ जनताले त्यसको मात्र मुल्यांकन किन गर्ने ?के जनताले ति पार्टीका राजनीतिक दलमा रहेका व्यक्ति ले अहिले के गरिरहेको छन् त्यो नहेर्ने? तिनिहरूका भविष्यका योजना कस्ता छन् नहेर्न? उनिहरुका पार्टी (उनिहरुले नै नहुन पनि सक्छ) ले विगतमा के गरेका थिए , त्यो मात्र किन हेर्ने?अब विगतमा व्यवस्था परिवर्तन गरेको आधारमा उनिहरुले अहिले जे गर्न पनि पाइन्छ र ।


अहिले देश को अवस्था नाजुक किन छ?यहां जताततै भ्रष्टाचार मौलाएको छ। सुशासन र समृद्धि सपना मै सिमित रहेको छ। कतिपय कामहरु घुस नदिएसम्म बन्दै बन्दैनन्। न्याय क्षेत्रको तराजु पनि बराबर छैन।आर्थिक क्षेत्र डामाडोल छ। भन्सार मा यताबाट उता चैं खाली गाडी मात्र जान्छ , उताबाट यता आउंदा सबै गाडी भरिएर आउंछन्। उद्यमीहरू निरूत्साहित छन्।बेरोजगारी समस्या बढ्दो छ।आधारभूत आवश्यकता को लागि हरेक दिन एअरपोर्टमा हजारौं युवा ले देश छोडिरहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर दयनीय छ। ब्याचलर डिग्री गरेकाहरू नि बेलैमा जापान, कोरिया को तयारी गरिएन भनेर पछुताउंछन्।कतिपय ठाउँमा विद्युत् र सडक समेत पुग्न सकेको छैन। स्थानीय उत्पादन लाई भारतीय बजार ले जितेको छ। अन्तर्राष्ट्रिय सिमा हरू छिमेकीले मिचिरहेका छन्।तर सरकार ले विद्यमान समस्या लाई निराकरण गर्न भित्र हृदय देखि लागेको छैनन् किनभने यिनिहरूलाई घमण्ड छ विगतमा गरेका केहि क्रान्तिहरूमा।अब अहिले केहि नगरेपनि भइहाल्छ भन्ने अहमता छ। विगतमा आफ्नो पार्टीले गरेका कतिपय गलत काम यिनिहरू ले विर्सिसके,तर याद छ केहि सहि भनिने काम जसको जगमा यिनिहरू को दल टिकिरहेको छ।


हाम्रो देशको राजनीति यिं विगतमा केहि योगदान गरेका दलको हातमा छ। विगत योगदानको आडमा अहिले यिनिहरूले मनपरी चलाइरहेका छन्। उनिहरु आफ्नो पार्टी ले देशको अवस्था धेरै नै परिवर्तन गरेको छु भन्छन् तर कस्तो परिवर्तन?यो त स्वभाविक हो परिवर्तन केहि भएको छ।तर परिवर्तन को गति कछुवा गतिमा छ। किनभने उनिहरु संग न दक्षता छ न देश निर्माणका लागि चाहिने सफा हृदय छ।नयां कोहि राम्रो गर्छु भनेर आएको व्यक्तिलाई यि दलहरु आफुले परिवर्तन गरेको  व्यवस्था को भरमा राज्यका  एकाधिकारी बन्न किन खोज्छन्?


यिनकै पार्टी भित्र क्षमतावान् र असल मान्छे लाई यिनिहरू कहिल्यै चान्स दिदैनन्। दिएपनि आफ्नै ईशाराले नचाउन खोज्छन्।हामी जनता ले त  केहि प्रश्न गर्न छैन किनभने यिनले विगत मा व्यवस्था परिवर्तन गरेका थिए। यिनिहरू का घमण्ड का सामु हाम्रो केहि लाग्दैन।लोकतन्त्र छ चुनावमा हराउ भन्छन्,तर ख्याल गर्नुपर्ने कुरा के हो भने देशमा लोकतन्त्र छैन। लोकतन्त्र भए यहि चुनावमा यिनिहरू को पत्तासाफ हुने थियो।


लोकतन्त्र भनेको जनताद्वारा गरिएको शासन हो।तर जनताले शासन गर्नको लागि जनता आत्मनिर्भर हुनुपर्छ।तर जनता ठेकापट्टा , मासुभात र जागिर पाइन्छ कि भनेर भोट दिन्छन् भने त्यसलाई  लोकतन्त्र मान्न सकिएला र । ति दलका नेताहरुले यस्तो सिस्टम बनाएका छन् कि हर ठाउँमा उनिहरु को आवश्यकता परोस्। जसकारण जनता उनिहरु माथि निर्भर हुन्छन्।अनि मज्जाले जनतालाई खेलाउंछन्।खासमा भन्ने हो भने लोकतन्त्र नेपालका केहि विकसित सहरमा देखिएको छ।जहां मानिस आत्मनिर्भर छन्। जस्तै काठमाडौं, चितवन,धरान आदि।यहांका जनताहरू राजनीतिक दलद्वारा निर्देशीत छैनन्। शिक्षित छन् । विवेकशील छन्। स्वतन्त्र छन्।


अब यो संख्या बढ्दै जाने देखिन्छ।अब को केहि वर्षपछि यिनिहरू ले विगतमा गरेका रगतको क्रान्ति को कारण ले यिनिहरूले भोट पाउने छैनन्।विगतको आन्दोलन ले काम गर्ने छैन।वर्तमान हेर्नेछन् जनताले अनि मुल्यांकन गर्नेछन्।ज्ञान,सिप र सफा हृदय भएको मानिस खोज्नेछन् जसले वर्तमानमा राम्रो गरोस् र उज्ज्वल भविष्यतर्फ संधै उन्मुख रहोस्।




No comments:

Post a Comment