![]() |
| Karnali Highway Condition |
जाग,लम्क,चम्क हे .... नौजवान हो
यो व्लग समसामयिक घटना र विचारसंग सम्बन्धित छ
नेपालीको जीन्दगी जस्तै छ -कर्णाली राजमार्ग
आमालाई सम्झन्छु -A poem dedicated to all mothers
जिन्दगी चैत जस्तो बनिरहेको बेला
जब बाटोमा आइसक्रिम देख्छु
जिन्दगी माघ जस्तो चिसो भएको बेला
जब न्यानो बलिरहेको आगो देख्छु
त्यतिबेला म आमालाई सम्झन्छु
प्रेमीसंग ब्रेकअप हुंदा रोएको म
जब आंखा पखाल्न घरबाट तल आउंछु
घरमा राखिएको स्यानो बाख्राको बच्चाको लागि
माउ बाख्रा कराइरहेको देख्छु
मुर्ख म लाई हेर्छु हांस्छु आमालाई सम्झन्छु
म रूख चढ्दा खुट्टा नभांचिओस् भनेर
खुट्टा भांच्दिन्छु भनिदिने
रिसाइरहने तर रिष नमान्ने आमा
जब सांचो प्रेमको परिभाषा खोजिरहन्छु
त्यतिबेला म आमालाई सम्झिन्छु
ठेसलाग्दा अइया मम्मी भन्दा होस्
वा घर छोड्दा मम्मीका आंशु देख्दा होस्
एक्लोपनले नराम्ररी सताएपछि
जब कसैलाई पनि सम्झिन मन लाग्दैन
त्यतिबेला म आमालाई सम्झिन्छु
##Lokraj Acharya
Happy mother's Day all of you
७० घण्टामा सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला -रबि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनिएको माघ महिना तिरको विषयको अडियो चैतको अन्तिमतिर सार्वजनिक भएको छ ।आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा सुनिएको छ।तर ढाका न स्वास्थ्य मन्त्रि बन्न लागेको थिए न त बनेका नै थिए। ढाका श्रेष्ठले उप-चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने लगभग पक्कै जस्तो भएका कारण निकालिएको प्रोपागाण्डा बताएका छन्।कल डिटेल र आईटि विज्ञद्वारा यो उनकै आवाज हो या हैन भनेर कुरा पुष्टि हुन बाँकि नै छ। बारामा एक आमसभा सम्बोधन गर्दै रवि लामिछाने ले पनि भाइरल अडियो काण्ड बारे ७० घण्टामा सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला भन्ने अभिव्यक्ति दिइसकेका छन्
यो कुरा बाहिर आउने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी ले विज्ञप्ति निकालेर यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।
डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा उल्लेख छ।
उक्त पुष्टि नभएको अडियो बाहिर आइसकेपछि देशका मुलधारका मिडिया र ठुला भनिएका पार्टीमा आवद्ध सबै व्यक्तिहरू रास्वपा विरूद्ध एकोहोरो आक्रमण गर्न लागि परेका छन्। केहि सर्वसाधारण भने आश्चर्यचकित परेका छन्।केहि व्यक्तिहरूले सबैको मन र ब्यबहार बुझ्न नसकिने यदि गलत छ भन्ने आधार हुंदाहुदै पनि पार्टीले संरक्षण गर्ने र ठाउँ दियो भने पार्टिको दोष हुन्छ।तर पार्टीले तत्काल ढाकालाई निष्काशन गरेको हुनाले यो सकारात्मक कुरा भएको जिकिर गरेका छन्।
साधारण पब्लिक भन्छन् "अरु पार्टी को 70 करोडको आउदा पनि केहि गरेनन, तर अडिओ आउने सांसदलाई निलम्बन गरेर रास्वापा ले राम्रो एक्सन सुरु गरेको छ। हत्तारमा पार्टी बनाउँदा केही फोहोरहरु भित्र पर्न सकेका हुन्छन ।एमालेले गाेकुललाइ बचायाे, प्रचन्डले जनार्दन लाई बचायाे, काङ्ग्रेसले गच्छदार लाई बचायाे तर स्वतन्त्र पार्टीले त्यस्तो नगरेर कारवाही सुरु गरेको छ।चामल केलाउदा घुन फाले झैं रास्वपा ले ढाकालाई निष्काशन गरेको छ। जुन समग्र तुलनात्मकरुपमा मुल्यांकन गर्ने हो भने राम्रै कुरा हो।संगठन समग्र व्यक्ति को समुह भएकाले यहां सहि र गलत दुवै मान्छे हुन्छन्। गलत पत्ता लगाएर त्यस प्रकारका व्यक्तिलाई प्रशय दिनुको साटो बहिष्कार हुन्छ भने त्यस संगठनमा राम्रो पक्षको हाबी छ भनेर बुझ्नुपर्छ।"
त्यस्तै सुनियोजित जस्तो देखिएको यो घटनाका अर्का पात्र दुर्गा प्रसाईंले कपुरबोट मिडिया मार्फत् यो व्यवस्था असफल भइसकेकाले जनतालाई अब देखी चुनावमा भागै नलिन र व्यवस्था परिवर्तन गर्न आव्हान गरेका छन्।उनको अभिव्यक्ति अनुसार उनले यो लोकतान्त्रिक व्यवस्थाले जन्माएको फूलहरू निमोठेर पुरानो राजतन्त्र नै ठिक भन्ने भावना विकसित गर्न खोजेको छर्लङ्गै बुझ्न सकिन्छ।
हामीले विगत हेर्ने कि वर्तमान?
एउटा सामन्ती भन्ने मान्छे थियो। उसको नेतृत्व मा केहि वर्ष अगाडि गाउंमा विद्यालय बनेको थियो। कुनै समयमा विद्यालय बनाएको कारण ले गर्दा अहिले गाउँमा म नै ठुलो हुं भन्थ्यो।सो विद्यालय मा पढेर बनेका शिक्षक,डाक्टर, इन्जीनियर,बैंक अफिसर जतिपनि बनेका थिए ,उ सबै मेरै योगदान ले बनेका हुन् भन्थ्यो।यसमा उ गर्व हैन घमण्ड गर्थ्यो।
अर्को थियो कमरेड , उसले विद्यालय मा नेतृत्व परिवर्तन गर्न सामन्ती का विरूद्ध ठुलो द्वन्द्व सिर्जना गर्यो। कमरेडले विद्यार्थी लाई आन्दोलन गर्न लगायो जसमा कतिपय बालबालिका र शिक्षक को मृत्यु भयो।जारी युद्ध समाप्त गर्न सामन्ती ले कामरेड लाई सम्झौता को लागि बोलाउंछ। सम्झौता अनुसार अब विव्यस को अध्यक्ष को लागि अब चुनाव हुने सिस्टम आएछ।
उनिहरु दुईजना ले कहिले छुट्टाछुट्टै त कहिले मिलेर नै विद्यालय चलाउन थाले।
एकजना अध्यक्ष हुन्थे त एकजना सचिव। हरेक पदको भागबन्डा गर्थे। शिक्षक कसको कसको मान्छे राख्ने भागबन्डा गर्थे।मिलेर रकम हिनामिना गर्थे। स्कूल भताभुङ्ग थियो । पढाई लेखाई भन्दा गफ बढि हुन्थ्यो। शिक्षक लाई खुवाउने तलब पुरै बोनस सहित हुन्थ्यो तर विद्यार्थी संग किताब थिएन। शिक्षक राम्रा हैन हाम्रा थिए। विद्यार्थी हरू अन्य विद्यालयमा सर्दै थिए।वि.व्य.स. कमजोर हुंदा विद्यालय अलपत्र थियो। विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्न सक्ने थुप्रै मान्छे थिए। विद्यालय बनाउंदा कामदार को रूपमा काम गर्नेका छोराहरू थिए।त्यहि विद्यालय मा पढेर अध्यापन गरेका रिटायर्ड शिक्षकहरू थिए।जब जब नेतृत्व परिवर्तन को कुरा आउंथ्यो, सामन्ती र कमरेड ले भन्ने गर्थे,"बाच्छा हरू पहिला एकचोटी इतिहास पढ। तिमिहरुको के योगदान छ यहां ?"
माथिको एउटा उदाहरण थियो । हाम्रा देशका ठुला राजनीति दलको । हाम्रो देशका राजनीतिक दल पनि यस्तै छन्।कांग्रेस ले भन्छ हामीले राणा फालेका हौं। माओवादी भन्छ हामीले लोकतन्त्र ल्याएका हौं। एमाले ले पनि कम्युनिष्ट आन्दोलन गरें भन्छ। विस्थापित हुनुपर्ने यिं स्थापित दलहरु विगतमा गरेको कामलाई मात्र मुल्यांकन गर्न किन भन्छन्? यस्तै भन्ने हो भने अब राप्रपा ले पनि भन्न बेर छैन," राजतन्त्र थियो र त यो देश छ। पृथ्वीनारायण शाह बाइसि चौबिसी राज्य एकिकरण गरेको कारणले मात्र देश बनेको हो।"
जनताको प्रश्न के हो भने विगत मा कसले के गरेको छ जनताले त्यसको मात्र मुल्यांकन किन गर्ने ?के जनताले ति पार्टीका राजनीतिक दलमा रहेका व्यक्ति ले अहिले के गरिरहेको छन् त्यो नहेर्ने? तिनिहरूका भविष्यका योजना कस्ता छन् नहेर्न? उनिहरुका पार्टी (उनिहरुले नै नहुन पनि सक्छ) ले विगतमा के गरेका थिए , त्यो मात्र किन हेर्ने?अब विगतमा व्यवस्था परिवर्तन गरेको आधारमा उनिहरुले अहिले जे गर्न पनि पाइन्छ र ।
अहिले देश को अवस्था नाजुक किन छ?यहां जताततै भ्रष्टाचार मौलाएको छ। सुशासन र समृद्धि सपना मै सिमित रहेको छ। कतिपय कामहरु घुस नदिएसम्म बन्दै बन्दैनन्। न्याय क्षेत्रको तराजु पनि बराबर छैन।आर्थिक क्षेत्र डामाडोल छ। भन्सार मा यताबाट उता चैं खाली गाडी मात्र जान्छ , उताबाट यता आउंदा सबै गाडी भरिएर आउंछन्। उद्यमीहरू निरूत्साहित छन्।बेरोजगारी समस्या बढ्दो छ।आधारभूत आवश्यकता को लागि हरेक दिन एअरपोर्टमा हजारौं युवा ले देश छोडिरहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर दयनीय छ। ब्याचलर डिग्री गरेकाहरू नि बेलैमा जापान, कोरिया को तयारी गरिएन भनेर पछुताउंछन्।कतिपय ठाउँमा विद्युत् र सडक समेत पुग्न सकेको छैन। स्थानीय उत्पादन लाई भारतीय बजार ले जितेको छ। अन्तर्राष्ट्रिय सिमा हरू छिमेकीले मिचिरहेका छन्।तर सरकार ले विद्यमान समस्या लाई निराकरण गर्न भित्र हृदय देखि लागेको छैनन् किनभने यिनिहरूलाई घमण्ड छ विगतमा गरेका केहि क्रान्तिहरूमा।अब अहिले केहि नगरेपनि भइहाल्छ भन्ने अहमता छ। विगतमा आफ्नो पार्टीले गरेका कतिपय गलत काम यिनिहरू ले विर्सिसके,तर याद छ केहि सहि भनिने काम जसको जगमा यिनिहरू को दल टिकिरहेको छ।
हाम्रो देशको राजनीति यिं विगतमा केहि योगदान गरेका दलको हातमा छ। विगत योगदानको आडमा अहिले यिनिहरूले मनपरी चलाइरहेका छन्। उनिहरु आफ्नो पार्टी ले देशको अवस्था धेरै नै परिवर्तन गरेको छु भन्छन् तर कस्तो परिवर्तन?यो त स्वभाविक हो परिवर्तन केहि भएको छ।तर परिवर्तन को गति कछुवा गतिमा छ। किनभने उनिहरु संग न दक्षता छ न देश निर्माणका लागि चाहिने सफा हृदय छ।नयां कोहि राम्रो गर्छु भनेर आएको व्यक्तिलाई यि दलहरु आफुले परिवर्तन गरेको व्यवस्था को भरमा राज्यका एकाधिकारी बन्न किन खोज्छन्?
यिनकै पार्टी भित्र क्षमतावान् र असल मान्छे लाई यिनिहरू कहिल्यै चान्स दिदैनन्। दिएपनि आफ्नै ईशाराले नचाउन खोज्छन्।हामी जनता ले त केहि प्रश्न गर्न छैन किनभने यिनले विगत मा व्यवस्था परिवर्तन गरेका थिए। यिनिहरू का घमण्ड का सामु हाम्रो केहि लाग्दैन।लोकतन्त्र छ चुनावमा हराउ भन्छन्,तर ख्याल गर्नुपर्ने कुरा के हो भने देशमा लोकतन्त्र छैन। लोकतन्त्र भए यहि चुनावमा यिनिहरू को पत्तासाफ हुने थियो।
लोकतन्त्र भनेको जनताद्वारा गरिएको शासन हो।तर जनताले शासन गर्नको लागि जनता आत्मनिर्भर हुनुपर्छ।तर जनता ठेकापट्टा , मासुभात र जागिर पाइन्छ कि भनेर भोट दिन्छन् भने त्यसलाई लोकतन्त्र मान्न सकिएला र । ति दलका नेताहरुले यस्तो सिस्टम बनाएका छन् कि हर ठाउँमा उनिहरु को आवश्यकता परोस्। जसकारण जनता उनिहरु माथि निर्भर हुन्छन्।अनि मज्जाले जनतालाई खेलाउंछन्।खासमा भन्ने हो भने लोकतन्त्र नेपालका केहि विकसित सहरमा देखिएको छ।जहां मानिस आत्मनिर्भर छन्। जस्तै काठमाडौं, चितवन,धरान आदि।यहांका जनताहरू राजनीतिक दलद्वारा निर्देशीत छैनन्। शिक्षित छन् । विवेकशील छन्। स्वतन्त्र छन्।
अब यो संख्या बढ्दै जाने देखिन्छ।अब को केहि वर्षपछि यिनिहरू ले विगतमा गरेका रगतको क्रान्ति को कारण ले यिनिहरूले भोट पाउने छैनन्।विगतको आन्दोलन ले काम गर्ने छैन।वर्तमान हेर्नेछन् जनताले अनि मुल्यांकन गर्नेछन्।ज्ञान,सिप र सफा हृदय भएको मानिस खोज्नेछन् जसले वर्तमानमा राम्रो गरोस् र उज्ज्वल भविष्यतर्फ संधै उन्मुख रहोस्।
"बलि प्रथा" को बलि
जताततै दुई खुट्टा ले उभिएका कति अग्ला जिव थिए। तिनिहरूको मेरो भन्दा अग्लो बस्ने ठाउँ थियो।ति अग्ला चिटिक्क लुगा लगाएका जिवहरू नाचगान गरिरहेका थिए।पछि थाहा पाएं ति मान्छे रहेछन्, हाम्रा मालिक।आज ति मान्छे को घरमा एक सानो प्राणिको को जन्मदिन थियो, त्यसैले होला सबैको अनुहारमा खुसी को रङ्ग छाएको थियो।तर मेरो आमा दुखि हुनुहुन्थ्यो ।उहां भन्दै हुनुहुन्थ्यो," फेरि तं जन्मिस् मलाई दु:ख लागिरहेको छ।त्यो सानो मान्छे संगै जन्मिएको थियो तेरो दाजु।जो त्यो सानो मान्छे जन्मिएको खुसियाली मा सबै मान्छे को स्वादिष्ट भोजन बनेको थियो। उहांले थप्नुभयो," कुनै यस्तो परिवार नियोजन को साधन होस् जसले मेरा सन्तानहरु लाई जन्म नै नदेओस्।" मैले कुरा बुझिन ।सोचें म बुझ्ने भएपछि बुझ्नेछु।
मलाई म हुनुको थाहा भएको एक दिन भयो।म संसारमा जन्मिएको थिएं । एउटा सानो खोरभित्र को संसार।जुन संसारबाट नियालिरहेको थिएं,एक विवेकशील प्राणी को खुसियाली को संसार।
मैले केहि छिनमै दौडिन सिकिसकेको थिएं। मलाई आमाको कुरा संग कुनै परवाह थिएन। मलाई साथी चाहिएको थियो।मेरो साथी थियो त्यो सानो मान्छे।उ मलाई मुनुमुनु भनेर बोलाउंथ्यो,म जान्थे। उसले मलाई काखमा राख्थ्यो।म उसको अंगालोबाट निस्कन्थे अनि कुलेलम ठोक्थें। कतिखेर उ मेरो फोहोरी सानो घरमा आउंथ्यो,कतिखेर म उसको सफा घरमा जान्थे। हामी प्राय: छुट्टिने गर्थेनौं।उ घरकूटी खेल्दा मैले नियाली रहन्थे,मैले घांस खाइ रहंदा सानो मान्छे ले अचम्म मान्दै हेर्थ्यो। उसले पानी खाएको देखेर अचम्म लाग्थ्यो।सोच्थें मेरो पनि हात भएको भए। उसले बोलेको देख्दा लाग्थ्यो मेरो पनि उसकै जस्तो भाषा भएको भए।
रमाएरै चलिरहेको थियो जिन्दगी। तर अचानक एकदिन उसको घरमा धेरै मान्छे आए। सानो मान्छे को घरमा झिलिमिली थियो तर मेरि आमाको मुहार मा नैराश्यता छाएको थियो।एक डर देखिन्थ्यो,अनुहारमा।तर के को डर थियो, मलाई थाहा थिएन। केहि बेरमै एक ठुलो मान्छे आएर मलाई बांधेर घिसार्दै घिसार्दै लगे । मेरो आमा जोरले म्यां गर्दै रूंदै कराउन थाल्नु भयो।म पनि कराएं।त्यो ठुलो मान्छे ले मलाई बोरामा हाल्यो र एक मोटरसाइकल मा राखेर एक मन्दिर मा पुर्यायो।कति राम्रो थियो , मन्दिर।तर राम्रो थिएन मेरो तक्दिर। मेरो कानमा पानी अक्षता लगाएर मलाई अप्ठेरो मा पार्न लागे।केहि छिन् मा त्यहां लामो नाक भएका,सेतो लुगा लगाएका बुढा ले मेरो कानभित्र अक्षता हाले, मैले अक्षता बाहिर निकाल्न टाउको हल्लाएँ।त्यहां उपस्थित सबै मान्छे ले मेरो टाउको हल्लाएर गरेको शारीरिक प्रतिक्रिया लाई मैले " मलाई मार " भन्नेर गरेको स्विकार सम्झे।
मेरो साथी सानो मान्छे को बुबा नै ठुलो मान्छे थिए।ति ठुलो मान्छे भन्दै थिए,"मेरो छोरालाई रोगव्याधी नसमाओस् ,आयु बढोस्।हे देविदेवता।रक्षा गर।यसैको निम्ति यो बलि लैजाउ।"
उतापट्टि सेता लुगा लगाएको मान्छे मन्त्र फुक्दै थिए र भन्दै थिए," छिटो, गरौं छिटो । शास्त्र अनुसार धेरै समय छैन ,मार हान्ने।ढिलो गर्नु हुंदैन। फेरि देविले रिसाउंछन् ढिलो गरे ।"
म चकित परें। आश्चर्य मिश्रित डर थियो म मा । मलाई ति बोल्ने मान्छे , मान्छे जस्तै लागेन।
मेरो अगाडि ठुलो मान्छे को हातमा ठुलो हतियार थियो। मैले यताउता हेरें देखिन कतैतिर- मेरो साथि " सानो मान्छेलाई। " बांच्ने आशा पनि क्रमशः हराउंदै गएको थियो।
वरपरि मलाई मारेको हेर्ने मानिस को जमात थियो। ठुलो मान्छेलाई सबैले भन्दै थिए ,"एकैचोटी मा छिनालेस् है "।सबै खुसि थिए। कसैले भन्दै थियो," यो सालको दसैंमा धेरै मासु खान पाइने भयो ।कति ठुलो बोका छ।" म झसंग भएँ।ए मान्छेहरू तिमिलाई दसैं छ, मलाई दशा।यिं मान्छे सित मनमा रिसको पोका थियो।म बोका भएर जन्मिनु नै ठुलो धोका थियो।कहां जाउं म के गरू? म निस्कने न झ्याल थियो न ढोका थियो।
तर अकस्मात् एकजना कोहि कृष्ण जस्तो मान्छे आउंछन् र भन्छन्,"बलि दिनु गलत हो। रोक्नुहोस्।"
त्यहांको पुजारी ले भन्यो,"चुप लाग । तिम्रो कुरा धर्म,संस्कार र रितिरिवाज विरुद्ध छ ।"
कृष्ण ले भने,"धर्म यस्तो लाई भनिदैन पटमुर्ख। धर्म भनेको नियम हो शास्वत् नियम।जो सदावहार चलिरहन्छ।संस्कार र रीतिरिवाज तिमि आफैले निर्माण गरेका हौ। यस्ता संस्कार कतिपय राम्रा छन्, कतिपय नराम्रा। राम्रा अनुसरण गर्दै अरूलाई हानी हुने संस्कार छोड्दै जानु तिम्रो कर्तव्य हो मनुवा।पुजा तिम्रो मन देखि गर, तिम्रो कल्याण हुनेछ।बलि काम, क्रोध,लोभ,मोह, अहंकार को देउ।"
पुजारीले एकछिन् कुरा सुन्छ तर अझै टेर्दैन।
केहि छिनपछि बुद्ध जस्तो मान्छे आएर नम्र स्वरले भन्छन् ,"रोक्नुहोस् यस्तो हिंसाले तपाईं लाई अशान्ति को मार्गमा धकेल्नेछ।"
त्यहांको मार हान्न लागेको ठुलो मान्छे ले भन्यो,"को होस् तं? सुख, शान्ति र ऐश्वर्य प्रदान गर्न मैले कालिका देवी लाई रगत चढाउन पर्छ।"
बुद्ध जस्तो देखिने शालिन मानवले कुरा थपे,"सुख, शान्ति तिम्रा कर्मकाण्ड मा निर्भर छैन। तिम्रो मन निर्मल पार।राग र द्वेष बाट मुक्त भएर जागरूक बन।तिमि आस्था मा अन्धो छौ।। यसरी अरूलाई मारेर तिमि शान्त,खुसि र कहिल्यै बन्न सक्दैनौ।हेर त निहत्था जनावर का आंखामा । तिम्री कालिका माता ले सांच्चै खान्छिन् होलिन् त रगत ।माता ले सन्तान को रगत खान्छिन् त? प्रश्न गर आफुलाई।थोरै विवेक जगाऊ।"
यस्तो कुरा सुनिसकेपछि एकछिन त रोकिन्छन् सबैजना ।म मा ,मान्छे सांच्चिकै मान्छे बन्यो कि आभाष हुन्छ तर त्यो आभाष क्षणभंगुर हुन्छ। फेरि ठुलो मान्छे ले हतियार समाउंछ र तर्क अघि सार्छ,"मान्छे मासु नखाए बांच्न सक्दैन ।हाम्रो शरीरको निम्ति प्रोटिन चाहिन्छ। हामीले हामीले स्वस्थ र तन्दुरुस्त हुन जनावर मारेर मासु खानै पर्छ ।"
यस्तो प्रश्न को उत्तर दिन केहिछिनमै पाइथागोरस, आइन्स्टाइन लगायतका वैज्ञानिक हरूको संयुक्त टोली आउंछ र रिसर्च पेपरहरू देखाउंदै भन्न थाल्छन्,"हा!हा!हा! तिम्रो रिसर्च पुगेन । वैज्ञानिक दृष्टिकोणले मानिसको शारीरिक बनावट शाकाहारी प्राणी को छ । मान्छे लाई आवश्यक पर्ने प्रोटिन लगायतका अति आवश्यक पदार्थ शाकाहारी खानेकुरा मा पनि प्रशस्त पाइन्छन्। मान्छे मासु बिनै स्वस्थ भन्दा पनि अस्वस्थ बढि हुन्छ।।उनले रिसर्च पेपरहरू सुनाउन लागे।
- A team of researchers at Loma Linda University in the United States has shown vegetarian men live for an average of 10 years longer than non-vegetarian men.
-Studies show that a vegan or vegetarian diet may reduce the risk of cardiovascular disease and various types of cancer. A non-meat diet may also reduce the risk of metabolic syndrome, which includes obesity and type 2 diabetes.
-Meat consumption is responsible for releasing greenhouse gases such as methane, CO2, and nitrous oxide. These gases contribute to climate change, such as global warming. Livestock farming contributes to these greenhouse gases in several ways: The destruction of forest ecosystems.
मैले त केहि बुझिन तर मैले बुझ्नु ठुलो कुरा थिएन। जरूरी बुझ्न पर्ने मान्छेले बुझ्नु थियो।ठुलो मान्छे ले केहि बुझेनन् या नबुझेझै गरे,थाहा पाउन सकिन।ति ठुलो मान्छे अझै फेरि अगाडि तम्सिनछन् मलाई मार्नलाई।उनि फतफताउंदै थिए ,"दुई दिन को जिन्दगी हो । जसरी भए पनि मर्नु छ ढिलोचाँडो।खाएर को मर्छ ,काल ले तोकिदिएको मिति छ ।सब दैवको लिला हो। जसले जे सुकै भन।हामीले जनावर पाल्नुको औचित्य के ? अर्थतन्त्र के हुन्छ? हामीले यत्रो मेहनत गरेर पाल्ने मासु खानलाई त हो।"
फेरि ओशो जस्तो देखिने एक फिलोसफर आएर भन्दछन्,"हेर।यो लडाई उदेश्यहरु बिचको हो।तिमि मान्छे को उद्देश्य र यो निहत्था प्राणीको उदेश्य बिचको हो। तिम्रो उदेश्य उसलाई चोक्टा चोक्टा पारेर निल्नु थियो।यो प्राणीको जन्मिनुको उदेश्य संसार मा जन्म लिएर रमाउंदै प्राकृतिक रुपमा मर्नु थियो।यहां दुवैको उदेश्य बिच लडाई छ।यो पशु को उद्देश्य ठुलो छ तर यो सानो छ। तिम्रो उदेश्य सानो छ तर तिमि ठुलो छौ । तिमि संग शक्ति छ । बुद्धि छ । तिमिले जित्यौ।तर जितेर पनि हार्यौ।तिमि मान्छे को उपमा दिन लाएक भएनौ।"
अचानक ,"लोकराज छिटो आइजो" आवाज आउंछ।जसमा म्यां म्यां आवाजको स्याड म्युजिक बजेको हुन्छ।
एकछिन सुत्छु भनेर बिहानको खाना खाएर पल्टेको दुई पो बजेछ।सपना मा त जनावर पो भएको रहेछु। कस्तो अचम्म को सपना।
सपनाजस्तै विपना जस्तै थियो ।घरनजिकै को पितृ को मठमा बोकाको कानमा सबै मिलेर अक्षता हाल्दै थिए।डरले बाख्रा कराउंदै थियो।म जुरूक्क उठेर मठमा गएं। मैले भने या त मेरो बलि दिनोस् या त बलि दिने चलनलाई बलि दिनोस्।"
सबै मुखामुख गर्नथाले।ठुलबुबाले बोकेको हतियार मागेर पर राखिदिएं।दाजुको हातमा रहेको सानो बोकालाई आफ्नो हातमा लिएं र छोडिदिएं।सबैले मलाई टुलुटुलु हेरे।मैले देखेको सपना सविस्तार सुनाएं।
सबैले भने,"ठिकै हो यस्तो गर्ने हाम्रो भित्रै देखि इच्छा हैन। यस्तो गर्दा देवि देवता खुसी हुन्छन् जस्तो पनि लाग्दैन। संस्कार निभाऔं भनेर मात्र हो । अबदेखि बलि प्रथालाई नै बलि दियौं हामीले पनि।"
सबैले मिठाई लिएर आयौं र बांडेर खायौं।अब हामी सबैले भेजिटेरियन दसैं मनाउने निर्णय गर्यौंं।
केहि बेरमा बोका दौडेर आमा ठाउँ गयो र दुध नआए पनि दुध खान थाल्यो। नमार्नु न मेरो मुनुलाई भन्दै रोइरहेको स्यानो भाई निकै खुसी भयो ।केहि बेर बाख्रा ले मलाई हेर्यो,नियाल्यो ।के सोच्यो उसैलाई थाहा होला।
सपना अपुरो थियो जुन सपना विपनामा आएर पुरा भए जस्तो लाग्यो।






