साहस उर्जा कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइतबार बिहान आइपीओ बाँडफाँट भएको हो ।
यस कम्पनीकाे आइपीओ गोलाप्रथामार्फत कुल ६ लाख ४४ हजार जना सर्वसाधारणले हात परेका छन् । उनीहरूले १० कित्ताका दरले सेयर हात पारेका हुन् । साहसको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार २८५ जना आयोजना प्रभावित स्थानीयले पुनः आवेदन दिएकाले रद्द भएको छ । साथै, दोहोरो आवेदन दिएका ७ हजार ७११ जना सर्वसाधारणको आवेदन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जनालाई गोलाप्रथामा सकभागी गराइएको थियो । साहस उर्जाले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
कुल ७० लाख कित्तामध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । आइपीओको नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ ।
नतिजा हेर्नुहाेस्-
Link is here
https://iporesult.cdsc.com.np/
आइपिओ बाँडबाड भइसके तापनि डाटाहरु उक्त वेब पोर्टलको सिस्टममा अपलोड गर्न केही समय लाग्नसक्ने बताइएको छ । डाटाहरू अपडेट भइसकेपछि मात्र सेलेक्ट कम्पनीमा कम्पनीको नाम देखिनेछ । साथै वेबसाइटमा चाप परेर वा नेट स्लो भएर नखुल्न पनि सक्छ, यसका लागि पुनः प्रयास गर्नुहोला ।
No comments:
Post a Comment