चन्द्र मोहन जेन, आचार्य रजनीश, भगवान श्री रनजीश अनि ओशोको नामले चिनिएका सुन्य देखि यात्रामा सुन्यमा नै आएर टुङ्गिएका अद्वितीय मानब चोलाका महान् ब्यक्ती ओशो आध्यत्मिक गुरु थिए।
सन् १९३१ डिसेम्बर ११ मा भारतको भोपाल प्रान्तमा जन्मेका ओशोले सुरु गरेको आध्यात्मिक शिक्षा सन् १९९० जनवरी १९ मा उनको मृत्यु पछि पनि कायमै छ।
१९६० को दशकमा दर्शनका विषयमा उनी सार्वजनिक कार्यक्रमहरुमा बोल्दै हिड्थे। सार्वजनिक रुपमै जिसस क्राइस्ट, बुद्ध , कृष्ण, बबिर , ,राम ,महात्मा गान्धी तथा राजनेता जस्ता पुरुषहरुको तथ्य र कारण जुटाई खुलेर विरोध र समर्थन गर्थे।
सन् १९७४मा उनी पुनेमा एउटा आश्रम स्थापित गर्न पुगे। जहाँ उनका समर्थक तथा चेलाहरुलाई विभिन्न प्रकारका ध्यान पद्धति सिकाउन सुरु भयो। अंधिकांश ध्यान पद्धती उनी आफैले विकास गरेका थिए। भारतमा यस्तो प्रकारको गतिविधि बढ्नाले हिन्दु धर्मसंग सम्बन्धित व्यक्तिहरुमा डर पस्न थाल्यो। सरकारले पनि उनको कामप्रति ज्यादा निगरानी गर्ने वातावरण पैदा हुदै थियो।
१९८१ को मध्य तिर उनी अमेरिका हिडे पुरै आश्रमको साथ। एन्टेलोप, ओरेगनमा उनका समर्थकहरुले अन्तर्राष्ट्रिय समुदाय स्थापना गरे जसलाई पछि रजनीशपुरमको नामले चिनियो। केही समयमै उनी जग्गाको कुरामा निकै विवादमा परे।
उनका समर्थकहरले किनिदिएका ९३ वटा रोल्स-रोयसको कारणले छिटै मिडिया अनि अन्य मानिसहरु माझ उनी झन् विवादित भए।
सन् १९८५ मा उनी विरुद्ध डलास राज्यका नागरिकहरुमा बायोटेरर (खानेकुरा दुषित) गरेको भन्दै मुद्धा लागेपछि पक्राउ परे। उनले आफुलाई कम सजायको माग गर्दै केही अपराध स्वीकार गरे। यो सबको पछाडी उनको अमेरिका छोड्ने मनसाय थियो। तर उनलाई दुर्भाग्य यो भयो कि, उनलाई २१ वटा देशहरुले आफ्नो देशमा आउन अनुमति दिएनन। अन्तत उनी पुन पुने फर्के, जहाँ सन् १९९० मा उनको मृत्यु भयो।
जिसस क्राइस्ट स्वयम आफै बुद्ध थिए, उनले जीवनको अर्थ उजागर गरेका थिए अनि जिसस क्रुसमा मरेका थिएनन भन्ने ओशोको विचारले उनी पश्चीमा अनि क्रिस्चियन जगतमा सबैभन्दा बढी आलोचित थिए। उनका प्रवचनहरुमा सबैभन्दा बढी विरोध क्रिस्चियन धर्मको हुने गर्थो, अनि हिन्दु धर्मका राम र कृष्णको।
उनको बारेमा अझै विस्तृत बारेमा जान्न तलको भिडियो हेर्नुहोला

No comments:
Post a Comment