Pages

मुस्कान

 ShortStory








"मलाई कपडा दिनुहुन्छ ?"

चर्को घाम।पलाइंटे को बजार।निन्याउरो अनुहार ।पातलो शरीर । ११/१२ वर्षको उमेर।शरिरमा फोहरजस्तो देखिने कपडा ।झट्ट हेर्दा सडक बालक जस्तो। उसको इनोसेन्ट कपडा दिनुहुन्छ भन्ने प्रश्नले एकछिन त वाल्ल परें। अनि उसलाई सबैकुरा सोधें।बुबा रहेनछन्।घरमा मम्मि मात्रै तर धेरै भाइबहिनी रहेछन्।कति क्लासमा पढ्छौ भनेर सोधेको प्रश्नमा उनि मौन भएपछी मात्र थाहा भयो उनि स्कुल नजाने रहेछन्‌।



मनमा दया भाव पलायो।उनलाई एउटा शर्ट दिएं।यत्तिले कहां मान्थ्यो उनको मनले ।उनले भन्न लाए , "मलाई पाइन्ट पनि दिनुहुन्छ?" मेरो मनले मानेन ।फेरि उनलाई एउटा कोरियन पाइन्ट दिएं।तर उनको पातलो कम्मर मा निकै खुकुलो भयो।फेरि उनलाई जिन्स पाइन्ट दिएं। उनले लगाउन कोसिस गर्दै थिए तर लगाउन सकेको थिएनन्।अरू हेरिरहेका मानिस एक अर्कालाई लगाइदेउ भन्दै थिए।तर कोहि गएका थिएनन्।मलाई लाग्यो " यति सम्म गरें ,अब पाइन्ट पनि लगाइदिन्छु "।गएं र लगाइदिएं। एकछिन पछि सायद नजिकै ऐना नभएकाले होला मेरो फोटा खिचाइदिनु न कस्तो देखियो खोई भनेर आग्रह गर्न लाए। फोटा खिचाइंदिएं।


उनि एकछिन पछि फेरि भन्न लाए ,"यो जुत्ता कतिको हो? मलाई पनि दिनु न ।" म अब चैं हैरान भएं ।लाग्यो मैले उसले मागेको चिज दिएर कतै गलत त गरिरहेको छैन।मैले भने तिमि स्कुल गएर पढ्न सुरु गर भोलि देखि ।अनि मात्र तिमलाई जुत्ता दिन्छु।उसले सोध्यो ,"पढेपछि जागिर पाइन्छ र ?" उनको कडा प्रश्न आयो। मलाई के भनम् ,के भनम् लायो।एक अंकका कोटाको लागि हजारौं ले जागिर को लागि आवेदन भरेको सम्झिएं।१२ वर्ष सम्म हरेक दिन ६ घन्टा भन्दा पनि धेरै समय शिक्षा ग्रहण गरेर पनि खाडि पुगेर ज्यालादरि गरिरहेका नेपाली लाई सम्झिए ।तर विचरा त्यो अबोध बालकलाई चैं भनिदिएं,"किन नपाउनु। मज्जा ले पाउंछौ। जागिर खाएर तिमले धेरै जुत्ता किनेर मलाई नै दिन सक्छौ।"



केहि समयपछि त्यस ठाउँको चिरपरिचित रेशम सर आउनु भयो।थोरै राजनीतिक कुरा भयो।एकछिन पछि सो बालक फेरि देखियो।फेरि जुत्ता माग्न लायो।मैले रेशम सरलाई घुमाएर , उसलाई जुत्ता ,स्कुल पढ्न सुरु गरेपछि मात्र दिने बताएं।सरले बाबियाचौर मा रहेको अनाथालय मा कुरा गरिदिनु भो।


भर्ना हुने पक्का भयो‌।भोलि उनलाई बाइक मा छोडिदिने पनि पक्का भयो।बालक पढेर,जागिर खाएर धेरै कपडा किन्ने सपना साकार हुने भएकाले निकै खुसी थिए।उनको अनुहार मा मुस्कान देखियो।जुन मुस्कान प्रेमीकालाई देख्दा प्रेमी को अनुहारमा देखिने मुस्कान भन्दा कम थिएन।



अन्तत: मलाई पनि एउटा कुरा अनुभव भयो । बालबालिका लाई मागेजति सबै चिज दिन हुंदैन।केहि पुरा हुन नसकेका आवश्यकताहरू,चाहनाहरु पनि हुनपर्छ,जसलाई पाउने सपनाले उनिहरु लाई सफल र असल बनाउंछ।केहि गर्ने हौसला दिन्छ।सपना देख्न सिकाउंछ।दिमाग खियाएर धन कमाउने हजारौ आइडिया दिन्छ चाहे त्यो पढेर होस् या कुनै व्यवसाय गरेर होस्।


(पढिदिनु भयो,यति भए पुग्यो। हार्दिक आभारी छु।)



No comments:

Post a Comment