Pages

भुपाल को यो गजल,जसले एकचोटि सोच्न बाध्य गराउँछ

 गजल


सरकार टुलुटुलु हेर्छ बाेल्दैन याे देश खायाे

सीमा ताेड्दै छिमेकीले ठाउँ ठाउँ मधेस खायाे 


ब्राह्मणवादी शासन व्यवस्थाकाे जहर नष्ट पाराैं

हाम्रो जातीय संस्कृति,धर्म,भाषा,भेष खायाे


उच्च शिक्षा हासिल गर्दा पनि जागिर पाइन कतै

घुसतन्त्रकाे जालाे देख्यो,मेराे छाेराे हरेस खायाे


खुइलिएकाे तालु लिई खाडीबाट फर्कि आएं

साइँलाे भन्छ गर्मी धेरै हेर्नुहाेस् त केश खायाे


दुर्गतिकाे खाडलभित्र रुमलिन्छन् नेताहरू

र त देशकाे पैतालाले प्रगतिमा ठेस खायाे


न्याय मर्याछैन भन्छन् हाम्रा न्यायमुर्तिहरू

भन परिवारै सहित कल्ले देशकाे नरेस खायाे?


                                              -भुपाल"लेकाली"मगर



No comments:

Post a Comment