धनी बन्न पैसा कमाएर मात्र हुंदैन।धनी बन्न पैसा को बचत गरेर उचित लगानी गर्नपर्छ। यसको लागि सेयर मार्केट लगानीको उत्तम विकल्प हो। तपाईँले निम्नलिखित चरणहरू पुरा गरेर सेयर बजारको प्राथमिक बजारमा प्रवेश गर्न सक्नुहुन्छ:
१) बैंक खाता खोल्नुहोस्: आईपीओमा लगानी गर्ने सोच छ भने सबैभन्दा पहिले बैंकमा खाता खोल्नु पर्दछ । जसरी मानिसले आफ्नो पैशा जम्मा गर्न र चाहेको समयमा झिक्नको लागि बैंक खाता खोलेका हुन्छन् त्यस्तै सेयर भर्नको पनि बैंक खाता अनिवार्य हुन्छ ।
२) डिम्याट खाता खोल्नुहोसः जसरी हामीले मोबाइल बैंकिङ÷इन्टरनेट बैंकिङको लागि खाता भएको बैंकबाट फर्म भरेर आइडि पासवर्ड प्राप्त गर्दछौ । त्यस्तै, सेयर भर्नको लागि बैंक खाता खोलिसके पश्चात बैंक खाता भएको बैंकमा गएर डिम्याट खाताको फर्म÷आवेदन भर्नुहोस । डिम्याट खाता त्यस्तो खाता हो, जसले तपाईले भरेको आईपीओको बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ । आइपीओ भरेपछि शेयर परेमा उक्त शेयर यही डिम्याट खातामा जम्मा हुन आउँछ ।
कहाँ खोल्ने डिम्याट खाता ?
डिम्याट खाता तपाईको जुन बैंकमा खाता खोल्नु भएको छ सोही बैंकमा गएर डिम्याट खाता खोल्न सकिन्छ । अथवा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल ब्रोकर० कम्पनीमा खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् ।
३) सीआरएन नम्बर लिनुहोसः डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक (डिम्याट खातामा उल्लेख गरिएको बैंक) मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ । त्यसकारण सिआरएन नम्बर अति जरुरी हुन्छ । तपाईलाई आईपीओ भर्न सिआरएन नम्बर चाहिन्छ ।
४) मेरो शेयर खोल्नुहोसः मेरो सेयर एउटा एप्स हो । मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङबाट जसरी विभिन्न किसिमको कारोकार गर्न मिल्छ त्यस्तै मेरो सेयरबाट घरमै बसेर पनि आईपीओ भर्न सक्नुहुन्छ । आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० ले उपलब्ध गराएको हुन्छ ।
मेरो शेयरको युजरनेम र पासर्ड कसरी लिने ? जुुन बैंकमा तपाईको खाता छ सोही बैंकमा डिम्याट खाता र मेरो सेयरको लागि आवेदन दिइसके पश्चात तपाईलाई बैंकले इमेल मार्फत मेरो शेयरको युजरनेम र पासर्ड उपलब्ध गराउँदछ । तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ ।
बैंकबाट आवेदन दिने ? मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ ।
आईपीओमा लगानी गर्नको लागि माथिका प्रक्रिया पुरा गरेपछि घरबाटै सजिलै आवेदन दिन सकिन्छ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ । आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । उक्त शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा पुनः फिर्ता हुन्छ । सेयरमा लगानी गरेपछि दुई किसिमबाट फाइदा लिन सकिन्छ । पहिलो कुनैपनि कम्पनीमा तपाइले लगानी गर्नु भएको छ भने वार्षिक रुपमा लाभांश अर्थात बोनस प्राप्त हुन सक्छ । त्यसैले सकेसम्म राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ । त्यस्तै दोस्रो बजारबाट पनि फाइदा लिन सक्नुहुन्छ । दोस्रो बजारमा शेयरको मूल्यमा हुने उतारचढावबाट तपाइले फाइदा लिन सक्नुहुन्छ । आफुले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर विक्री गर्न सक्ने अवसर प्राप्त हुँदा तपाईले फाइदा लिनसक्नुहुन्छ

No comments:
Post a Comment