Pages

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँड, यसरी हेर्नुहाेस नतिजा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको छ । मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

त्यस्तै, भाग्यमानि ५ जनाले ११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा कूल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ । आईपिओको नतिजा www.iporesult.cdsc.com.np मा गएर वा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल र जिवन विकास लघुवित्तको वेबसाइट बाट पनि हेर्न सकिने छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।



No comments:

Post a Comment