असल नेता कुर्सि को लागि मरिहत्ते कदापि गर्दैन,किनभने उसको उचाई कुर्सिले धेरै हुँदैन,उसको उचाई धेरै भएर नै उसलाई कुर्सिमा बसाइएको हुन्छ।नराम्रो नेता कुर्सिमा भएकै कारण उचाईमा हुन्छ,जब कुर्सि छोड्छ,उचाई रहँदैन।यसकारण ऊ उचाई बचाउनको लागि जे पनि गर्छ।आफु उचाईमा पुगिसकेपछि हात तान्ने शर्तमा जसको काँध चढेर उचाई मा पुगेको थियो ,उनलाई समेत टेर्न छोड्छ।काँध चढ्नेवाला खराब त थियो नै ,हात तान्ला भन्ने आसले चढाउनेवाला झन् खराब व्यक्तिहरू पनि सशंकित हुन्छन् आशै आशमा जिन्दगि जान लागेको देखेर।विचराहरू के गरून्,अनि दौडधुप गर्छन् आफु काँध चढ्न।सबै सँगै चढ्न नमिलेर होला ,अरूलाई फकाउने कार्यक्रम चल्छ।कसम खान्छन् मलाई काँध चढाएर उचाईमा पुर्याउ ,पछि हात तानुँला।यो सब देखिरहेको उचाई मा पुगेको व्यक्ति चिच्याउँछ बेस्सरी
मलाई खसाल्न खोज्दैछन् ,तिमिहरू नियोजित तरिकाले बाह्य शक्तिद्वारा परिचालित छौ ।
आफु खस्न नपरोस् भनेर ऊ जस्तोसुकै काम गर्न पछि पर्दैन।चाहे त्यो जतिसुकै निच किन नहोस्।
जब देशको अग्रपङ्क्तिमा रहेका ठुला मानिसले नै यस्तो गर्न लागेपछि यसको नक्कल जनताले गर्छन्।
एउटा गरिब जसरी पनि धनि किन बन्ने?विश्वविद्यालय को लेक्चर जसरी पनि उपकुलपति किन नहुने?एउटा साधारण कर्मचारी प्र.म.कै जसरी हाकिम किन नहुने?यसरी देशका प्रमुख मान्छेको सिको हरेक ठाउँमा हुन्छ ।यसकारण राजनिति हरेक मानिस को जिवनको थर्मामिटर हो।
राजनीतिमा खराब मानिस भए सबैतिर सत्यको पराजय र असत्यको विजय हुन्छ।
असल हुनु असफलताको ग्यारेन्टि भएपछि र खराब मानिसहरू यत्र,तत्र,सर्वत्र सफल भएपछि हाम्रो समाज विकृत र कुरूप समाज मात्र हुन्छ।
एउटा असल नेता त बिना हिचकिचाहट कुर्सि छोड्ने हिम्मत राख्न सक्छ।खराब नेता सत्ता पकड्न जान्दछ,छोड्न जान्दैन।छोड्नै पनि परे पनि अहिलेको भन्दा ठुलो कुर्सि पाइएपछि मात्र छोड्छ या त मृत्युको कारणले छोड्नुपर्ने हुन्छ ।मरेपछि पनि हामीले नदेखेरै मात्र हो ,उसको आत्मा बालुवाटार मै घुमिहेको हुन्छ होला।
यस्ता खराब नेता सत्तामा भएपछि त उसले देशमा व्याप्त असल कुराहरूलाई मेटाएर गलत कुरालाई प्रोत्साहन गर्छ ।यसो गरेपछि जताततै धेरै नराम्रा मानिसहरू हुन्छन् र नराम्रो मानिसहरूको बिचमा नराम्रै मानिस अलिकता भएपनि राम्रो देखिन्छ नि ,होइन र?
यस्तै छ हाम्रो देशको स्थिति😵
तितो सत्य यही हो।😧

No comments:
Post a Comment