Pages

संसारमा प्रसिद्ध केही ध्यान विधिहरू

 जसरी होस मानिस आनन्दको खोजीमा हुन्छ । हामीले सम्झनै पर्ने कुरा के भने आन्तरिक आनन्दको प्यास हामीलाई छ । यस्तो प्यास मेटाउनका लागि आ-आफ्नो क्षमता र समझअनुसार खोजीरहेका हुन्छौँ । तर, त्यो बाहिर कुनै पनि ठाउँमा उपलब्ध हुँदैन । त्यस्तो दिव्य आनन्द त हामी भित्रै हुन्छ । यो बुझनको लागि ध्यान-साधना बाहेक कुनै उपाय नै छैन ।ध्यान-योग भन्ने कुरा कुनै पनि धर्मसँग सम्बन्धित छैन । यो शुद्ध विज्ञान हो ।यस लेखमा अहिले संसारमा एकदम प्रचलित पाँच ध्यान विधिको संक्षेपमा जानकारी दिइएको छ:


1) विपश्यना ध्यान

यो विधि गौतम बुद्वले पत्ता लगाएको सरल, सहज र  वैज्ञानिक  विधि हो।विपश्यना ध्यान विधिमा आँखा चिम्लिएर चुपचाप आउने जाने गरिरहेको सासको सहज गतिलाई  जागरूकतापुर्वक  महसुस गरिन्छ।यसरी सासलाई महसुस गर्दा मन्त्र उच्चारण तथा सास गिन्ति गरिदैन ।आइरहेका विचार एवम् भावनाहरूलाई द्रष्टा भावले हेरिन्छ।विस्तारै मन शान्त हुन्छ ।यसपछि शरीरमा भइरहेका संवेदनाहरूलाई होसपुर्वक  नियालिन्छ।यसरी नियाल्दा शरीरमा प्रतिपल भइरहेको कोषहरूको उत्पादन र नष्ट्र भइरहेको बोध हुन्छ र फलस्वरूप आफुलगायत यो सम्पुर्ण जगत अनित्य भएकाले राग र द्वेश गर्नुपर्ने कुनै कारण रहँदैन भन्ने आभाष हुन्छ।यसरी एक मानिस बुद्व बन्ने यात्रा सुरू गर्छ।यो विधि नेपालमै रहेका थुप्रै विपश्यना सेन्टरमा हरेक महिना चल्ने 10 दिने शिविरमा भाग लगेर सिक्न सकिन्छ ।



2) साउन्ड लिसनिङ ध्यान

यो ध्यान विधि परापुर्वकालमा  हाम्रा  ऋषिमुनि ले पत्ता लगाएको एक अद्भुत यो विधि  अहिले थुप्रै आध्यात्मिक सम्प्रदायमा अनेक नामले गोप्य तरिकाले सिकाइए तापनि भारतिय युवा मोटिभेटर एवम् स्प्रिच्युअल टिचर सन्दिप माहेश्वरी ले यसलाई साउन्ड अफ साइलेन्स विधि को नामले चिरपरिचित गराएका छन्।यस विधिमा शान्त मनका साथ शान्त स्थानमा बस्दा आउने एक रहस्यमय ध्वनी लाई सुनिन्छ।बाहिरको आवाजले डीस्टर्व गर्ने हुँदा यसप्रकारको आवाजलाई सुन् इअरफोन लगाएर वा औंलाले कान बन्द गरेर पनि सुन्न सकिन्छ ।यसरी सुन्दै गएपछि एकपछि अर्को हुँदै धेरै प्रकारका नादहरू सुन्न सकिन्छ ।घन्ट, शंख बजाइनु यसै ध्वनितर्फ इशारा गरिएको  हो।यस्ता अनहद नाद सुन्दै जाँदा अन्तत: ऊँ भाइव्रेसन/साअन्ड सुनिन्छ।जुन ब्रह्माण्डको अन्तिम सत्य हो।अहिले क्वान्टम फिजिक्सले  पनि यो संसार एक भाइव्रेसन युक्त उर्जा भएको स्विकारिसकेको छ।यो ध्यान विधिबाट ब्रह्माण्डको सुक्ष्म रहस्य बोध गर्न सकिन्छ ।निरन्तर को यस ध्यान विधिको प्रयोग  बाट संसार एक समुद्र र आफु त्यसको पानी जस्तै भएकोले अहंम्  ब्रम्हास्मिको आभास हुन्छ ।संसार दोस्रो केहि /कोहि नभएको तथा सबैमा आफु मात्र र आफुमा सबै भएको अनुभव हुन्छ ।जुन वास्तविक प्रेम हो।



3) मंत्र ध्यान 

यस विधिमा कुनै गुरूले दिएको मन्त्रलाई  जप तथा स्मरण गरिन्छ ।यसमा गुरू प्रतिको विश्वास, समर्पण र प्रेमले महत्वपुर्ण भूमिका खेल्छ।विभिन्न आध्यात्मिक सम्प्रदायमा यो विधि प्रचलित छ।भक्ति जोडिएको मन्त्रले मनलाई सजिलै कन्ट्रोल गर्न सकिन्छ।यसमा समर्पण र विश्वास को कुरा आउनाले यसमा भावनात्मक कुरा आउँछ, जुन तर्क र विज्ञान संगत नहुन सक्छ तर ख्याल गर्नुपर्ने कुरा यो छ कि भक्ति सम्मिश्रित भएकाले सबैभन्दा बढि प्रभावकारी ध्यान  यहि नै हो।यस विधिले सबै चक्र सक्रिय हुन्छन्।दिव्य नेत्र (पिनियल ग्लान्ड)मार्फत् दिव्य ज्योतिको अनुभव र अनन्त ध्वनि को अनुभव हुन्छ।

यसै ध्यान र भक्तिको माध्यमबाट मान्छेले ईश्वरीत अनुभव/परमात्माको प्राप्ति/समाधि/निर्वाण/शान्ति को प्राप्ति/मुक्तिको प्राप्ति/परमानान्दको प्राप्ति गरेका छन्।


4) सक्रिय ध्यान 

सक्रिय ध्यान रजनिश ओशोद्वारा प्रतिपादित अहिलेका मानिसहरूका लागि सर्वोत्तम विधि हो।

यो एक त्यस्तो ध्यान विधि हो जसमा शारीरिक कसरत, प्राणायाम र ध्यान तिनै कुरा समावेश छन्।

पाँचवटा चरणमा गरिने यो विधिको पहिलो चरणको दश मिनेटमा नाकबाट जोरका साथ श्वास फालिन्छ। दोस्रो चरणमा मनलाई अनियन्त्रित गरि उफ्रने, कुद्नने, हाँस्ने, रूने, कराउने लगायतका क्रियाकलाप गरी मन हल्का पारिन्छ।जसलाई क्याथोर्सिस पनि भनिन्छ।त्यसपछिको तेस्रो चरणमा जोरका साथ हु हु उच्चारण गरिन्छ ।त्यस्तै चौथो चरणमा शरीर शीथिल छोडेर मस्तिका साथ नाचिन्छ। त्यस्तै पाँचौ चरणमा मौन भएर साक्षी भावका साथ शान्त भएर बसिन्छ।अचेल का जटिल मानिसहरूले सिधै ध्यान गर्न खोज्दा विचार र भावनाको वेगल डिस्टर्व गरिदिन्छ।यो विधिबाट गर्दा मन निकै हल्का हुन्छ शुन्यताको आभास हुन्छ।शान्ति र आनन्दको वर्षात हुन्छ।देखिएका मानसिक रोगहरू सञ्चो हुन्छ।फोक्सोमा अक्सिजनको मात्रा धेरै हुन्छ र एक किसिमको स्फुर्ति देखा पर्छ।अन्तत: ध्यान गर्दै जाँदा जिन्दगि एक उत्सब र आनन्द बन्छ ।

5) होसको साधना

ध्यान को लागि छुट्टै समय दिन नसक्नेका लागि यो विधि ठिक हुन्छ।आफुले गरिरहेका र आफ्नो वरपर भइरहेका क्रियाकलाप मा ध्यान दिनु होसको साधना हो।हिँड्दा पनि पाइला पाइला मा ध्यान दिएर हिँड्ने बोल्दा पनि एकदम होसियार भएर बोल्ने, 

खाना खाँदा पनि केहि नसोचेर गाँसगाँस को स्वादमा ध्यान दने,कसैको कुरा सुन्दा ध्यान सुन्नमा मात्र केन्द्रित गर्ने, केहि कुरा हेर्दा पुरै ध्यान दृष्टितिरै दिने  यस साधनाका केहि उदाहरण हुन्।

होस एवम् जागरूकता माथि दिइएका अन्य 4 वटा ध्यान विधिको अभ्यास गरेपछि आउने परिणाम भए तापनि यसको सिधै अभ्यास गर्न पनि सकिन्छ।यसप्रकारको अभ्यास बिस्तारै  वर्तमान मा जिउन थाल्नु हुनेछ।


ध्यानको वैज्ञानिक प्रभाव:

अहिले चिकित्सकहरु पनि ध्यान-साधनाको सल्लाह दिन्छन् ।मेडिटेसनबारे विभिन्न रिसर्च र प्रयोग भइरहेका छन्। औषधी निर्माता कम्पनिहरुले मेडिटेशन म्यूजिक निकाली रहेका छन्।


– हाम्रो शरीरको कुशल व्यवस्थापनका  लागि ग्लैंडहरुले विभिन्न प्रकारका हार्मोन र रसायन उत्पादन गर्छ । जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्यता, आत्मविश्वास, समझ र शान्तिमा वृद्धि हुन्छ ।


– जब मन शान्त रहन्छ, गहिरो नीद्रामा रहन्छौँ त्यतिबेला मात्र ग्लैंडहरुले विभिन्न हर्मोन उत्पादन गर्छन् । यही हर्मोनहरुले नै मानसिक शान्ति, आध्यात्मिक ज्ञान, उच्च समझ तथा परम सन्तोषको अनुभूति दिलाउँछ । ध्यानले विवेक, संन्तुष्टि र सकारात्मक सोचमा पनि बृद्धि गर्छ ।


– अस्तव्यस्त दैनिकी, प्रदूषित वातावरणका कारण ग्लैंडको कार्यक्षमता असन्तुलित हुन्छ । यस्तो भएमा निद्रा पर्दैन । या जुन समय निद्रा आउँछ त्यो बेला सुत्नको लागि समय हुँदैन । यस्तो अति नै जटिल समस्याबाट मुक्त हुनको लागि ध्यान साधना सबैभन्दा उपयुक्त माध्ययम हो ।


– जीवनको कुनै पनि समस्यामा समाधान पनि सँगै आउछ । यद्यपी धेरै समस्या र तनावको कारण हाम्रै गलत क्रियाकलाप हुन् । यिँ भनेका गलत सोच, अशुद्ध भाव तथा नकारात्मक विचार हो । त्यसैले ध्यान गर्दा अनावश्यक इच्छा र विचार, तनाव र अवसादबाट मुक्त हुन सकिन्छ ।


-यतिमात्र नभएर प्रतिरक्षा प्रणालीमा बृद्धि उच्च र रक्तचापनमा सन्तुलन, दुखाईबाट पनि टाढा रहन सकिन्छ । ध्यानले एकाग्रता, आत्मविकास, स्मरणशक्ति वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्छ ।







No comments:

Post a Comment