वडाअध्यक्ष , वडाका जनप्रतिनिधिहरू, मेयर /उपमेयर र कांग्रेस पार्टीका सम्पुर्ण नेता एवम् कार्यकर्ताहरुको लागि 👇
संघिय सरकारले बजेट ल्याइसकेको भएपनि नगरपालिका को बजेट आउन बाँकि छ।सरकारमा रहेकाहरूको कार्यकालको समय जलिरहेको दाउरा झैँ छोटो हुँदैछ ।यदि यस्तै समयमा पञ्चपुरी नगरपालिका ले सबैभन्दा पछाडि परेको वडा नम्बर 11 लाई प्राथमिकता दिएर निम्नलिखित विशेष योजनाहरू हेरफेर गरी ल्याउने भए अर्को चुनावमा भोट नमागेपनि हामी दिइहाल्थ्यौँ।
1)घाटगाउँ कुईने जोड्ने पुल माथिरहेको गोब्रेघारीमा पार्क को स्थापना गर्ने ।
2)केहि वर्ष पहिला हरियाली कोसेनी अहिले एक मरूभुमि जस्तो बनेको छ।यस ठाउँमा वृक्षरोपण कार्यक्रम ल्याउने।
3)1 वर्ष नटिक्ने खानेपानी योजना खारेज गरी खुुरूखुरू डिप बोरिङका योजनाहरू ल्याई कार्यान्वयन गर्ने।
4)बाबियाचौरमा छिटो भन्दा छिटो विद्युत पावरहाउस निर्माण गर्ने र ताउलेको पक्कि पुलसम्मको बाटो छिटो पिच गर्ने।
5) खेलकुद क्षेत्रको विकासका लागि थानकोट मा आधुनिक भलिबल कोर्ट र कोसेनीमा फुटबल ग्राउन्डको लागि बजेट ल्याउने।
6)अदुवा, बेसार, बदाम, तोरी,केरा जस्ता सजिलो र नाफा दिने खेति गर्न किसानलाई अनुदान, बिउबिजन र प्राविधिक ज्ञान दिने।अनुदान हाम्रो लाई नभई राम्रो लाई दिने काम गर्ने।
7)ठाउँको मात्र विकास नभई मान्छेको जिवनस्तर विकास गर्न रोजगारी सिर्जना गरी भारत जानुपर्ने बाध्यता रोक्ने।यसको लागि केहि उदाहरणहरू यसप्रकार हुन सक्छन्:
-नगरपालिका आफ्नै लगानीमा रयाफ्टिङ व्यावसय गरी युवाहरूलाई तालिम दिएर काममा लगाउने।
-खेर गइरहेको जडिबुटि ( जस्तै:बाख्रे(कडिपत्ता)/जन्तिमुल/असुरो आदि)प्रशोधन केन्द्र स्थापना गर्ने र स्थानिय लाई रोजगार दिने।
-जंगलमा पाइने अमला,तरूल, थाकल, चिउरी, चुत्रा आदिलाई प्रशोधन गरी स्थानिय प्रोडक्ट बनाउने ।
यसको लागि नगरपालिकाले गर्न खोज्ने मानिसलाई ऋण दिने वा आफैले लगानी गर्ने वा वनसमितिले हिनामिना गरेको लाखौँ रूपैयाँ अशुल गर्न दबाब दिएर यस्ता क्षेत्रमा लगानी गर्न निर्देशन दिने।
-युवाहरूलाई कुक,मोबाइल रिपेअरिङ, टुरिष्ट गाइड, फर्निचर मेकिङ,कम्प्युटर रिपेयरिङ,सिलाईकटाई,काठबाट वास्तुकला डिजाइनर आदिको ट्रेनिङ दिने।
8) वडाको सबैभन्दा बेस्ट शिक्षक, कर्मचारी,खेलाडी, व्यवसायी र कृषकलाई पुरस्कारको व्यवस्था गर्ने योजना ल्याउने।साथै SEE मा सबैभन्दा राम्रो अंक हासिल गरेर पनि आर्थिक अवस्था को कारण पढ्न नसक्ने विद्यार्थिलाई छात्रवृत्तिको व्यवस्था गर्ने।
9)विद्यालयहरूमा कम्प्युटर ल्याब,दक्ष शिक्षक, साइन्स ल्याब र पुस्तकालय को व्यवस्था गर्ने।
10)रातिमाटे डाँडामा भ्यु टावर स्थापना गर्ने ।आफुले सकिदैन भने प्रदेश एवम् संघिय सरकार सँग पहल गर्ने।
प्रदेश सांसद, नवनियुक्त एक मन्त्रालयका स्वकिय सचिव र सम्पुर्ण माओवादी पार्टीका नेता एवम् कार्यकर्ताहरूको लागि👇
प्रदेश सरकारको बजेट पनि आउने क्रममा छ।तपाईँहरूले माथि दिइएका योजनाहरू नगरपालिकाले ल्याउन सक्दैन भने यो जिम्मा तपाईँको नै हो।तापनि प्रदेश सरकारले पञ्चपुरी-11मा ल्याउन सक्ने सम्भाव्य केहि विशेष योजनाहरू निम्नलिखित हुन सक्छन्:
1)पारीकुईने, वारीकुईने र घाटगाउँ जोड्ने त्रिकोणात्मक झोलुङ्गे पुलको स्थापना गर्ने ।
2)पश्चिम सुर्खेतमा विद्युत सेवा पुर्याउन विद्युत प्राधिकरण लाई घचघचाउने र बड्डिचौर, बाबियाचौर हुँदै कुईने सम्म पुर्याउने ।
3)सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश जोड्ने कुईने पुलको आसपासमा सशस्त्र ब्यारेक स्थापना।
माननिय राज्यमन्त्रि तथा सम्पुर्ण एमाले पार्टीका नेता एवम् कार्यकर्ताको लागि:
आफ्नो ठाउँको मान्छे स्वास्थ्य राज्यमन्त्रि जस्तो पदमा भएका कारण बजेट सुन्दा कान थापेर सुनियो, केहि महत्वकांक्षी योजना हाम्रो ठाउँमा पर्छन् कि भनेर ।तर हात्ती आयो हात्ती आयो फुस्स भयो ।बचेको समयमा प्रदेश एवम् स्थानिय सरकारलाई निर्देशन दिने, समन्वय गर्ने काम गर्दै गर्नु।
नोट:कुनै योजनाको ठेक्का दिँदा एकलौटि तरिकाले बन्ने समितिमा सबै पार्टी, जात, लिङ्गको अनिवार्य समावेश गर्ने नीति निर्माण गर्ने।यसो हुँदा बजेट सदुपयोग हुने संभावना धेरै हुन्छ।
No comments:
Post a Comment