पार्टि, झण्डा र छापको
मायाले बिर्साइदियो
जनवाद र माओवाद मान्ने
दुई प्रेमीको माया
दुई कम्युनिष्ट छिमेकिको
निकै घनिष्ठ माया
त्यसैले
पहिला एकअर्कालाई देख्ने दौडिनेहरू
अचेल देखियो भने दौडिन्छन्।
माया पनि कस्तो कस्तो
लाखौँ जनाको लाखौँ
सितको माया
दुई जनाको ठासठुसले
स्वाहा: भयो
साँच्चै यो माया
हो कि
एक पागलपन हो
अचेल
लाग्छ यिँ पार्टि प्रेमीहरू
कम्प्युटर हुन्
जस्को आफ्नै बुद्वि छैन
जस्को आफ्नो विवेक छैन
यिनिहरू सिमित प्रयोगकर्ताको
निर्देशनअनुसार मात्रै चल्छन्
आदेशअनुसार मात्रै चल्छन्
र सबैभन्दा प्रविधि मा
विकास भएको देश
नेपाल नै हो
किनभने यहाँ मानव भन्दा धेरै
यन्त्रमानव छन्।
माया पनि कस्तो कस्तो
लाखौँ जनाको लाखौँ
सितको माया
दुई जनाको ठासठुसले
स्वाहा: भयो
साँच्चै यो माया
हो कि
एक पागलपन हो
अचेल
लाग्छ यिँ पार्टि प्रेमीहरू
कम्प्युटर हुन्
जस्को आफ्नै बुद्वि छैन
जस्को आफ्नो विवेक छैन
यिनिहरू सिमित प्रयोगकर्ताको
निर्देशनअनुसार मात्रै चल्छन्
आदेशअनुसार मात्रै चल्छन्
र सबैभन्दा प्रविधि मा
विकास भएको देश
नेपाल नै हो
किनभने यहाँ मानव भन्दा धेरै
यन्त्रमानव छन्।

No comments:
Post a Comment