Pages

कोरोनाको गणित

एकादेशमा एउटा अत्यन्तै सम्पन्नशाली दयालु राजा थिए ।उनि आफ्नो  प्रजाले जे माग्यो त्यहि दिन्थे।एकचोटि उनि चेस खेलिरहेको बेला, उनको राज्यको एकजना साधु टपक्क आइपुग्छन् र भन्छन्, 'राजन् म केहि माग्न चाहन्छु।'

राजाले भन्छन्, ' भन साधु के चाहन्छौ तिमी ?'

साधुले भन्छन्, 'मलाई केहि चामलको को दाना चाहियो।'

राजाले अचम्म मान्दै भन्छ, 'चामलको दाना! म सम्राट हुँ सम्राट।अलि इज्जत राखेर त माग।सुन, चाँदी, हिरा, मोती आदि के चाहियो भन बरू।'
साधुले भन्छन्, 'नाईँ राजन्।मलाई चामलको दाना नै चाहियो।'

राजाले सोध्छन्,  'कति चाहियो भन्न उसो भए ।'

साधुले चेसबोर्ड देखाउँदै भन्छन्, 'यो चेस बोर्डको पहिलो स्क्वाएरमा एक दाना चामल  राख र हरेक चोटि अर्को अर्को स्क्वाएर मा दाना दोब्बर गर्दै जाउ।चेसबोर्डमा जम्मा चौसट्ठी वटा स्कावाएर छन्।पहिलोमा एक, दोस्रोमा दुई, तेस्रोमा चार, चौँथोमा आठ यसरी नै चौसट्ठी पटक गर्नुस्।अनि हिसाब गरेर जति चामलको दाना हुन्छन्,त्यतिनै मलाई देऊ।'

राजाले भन्छन्, 'हे साधु ।यति सानो चिज मागेर मेरो यत्रो अपमान गर्यौ।यो त जो सँग मागेपनि हुन्थ्यो।'

साधुले भन्छन्, 'दिन्छौ कि  म श्राप दिएर हिँडम्।'

राजाले क्षमा माग्छ र तत्काल सिपाहीहरूलाई साधुले मागेको जति चामलको दाना हिसाब गरेर दान दिन आदेश दिन्छ।
सबै सिपाहि जान्छन् ।
तर अचानक सिपाहिहरू पाँच मिनेट नहुँदै क्षमा पाउँ राजन् भनेर आत्तिएर आउँछन्।
राजाले भन्छन्, 'के भयो सिपाहीहरू? '
सिपाहीहरू भन्छन्, 'साधुले मागेको चामलको दाना जति त संसारभरि चामलको दाना जोडे पनि पुग्न सम्भव देखिदैन महाराज।'
राजा अचम्मित हुँदै भन्छन्, 'के कुरा गरेको ? कति मागिराखेको छन् र?  '
सिपाहिहरू चेसबोर्ड देखाउँदै भन्छन्, 'यि यता हेर्नुस्।
यो एक चामल डबल हुँदै, हुँदै चौसिट्ठि  चोटि डबल गर्दा त
यति सम्म चामलको दाना संख्या हुँदो रैछ कि, म गिन्नै सक्दिन ।यि हेर्नोस् यति हुन्छ भन्दै हिसाब गरेको कपि देखाउँछ जसअनुसार 18, 4446, 744, 073, 709, 551, 615  चामलका दाना आवश्यक  देखिएको थियो ।जुन चामल लाई संसार भर रोप्ने हो भने नि ठाउँ पुग्दैन।
यो कुरा सुन्ने बित्तिकै राजा ठाउँको ठाउँ बेहोस हुन्छन्।


कोरोना भाइरस पनि यहि चतुर साधु जस्तै हो ।तपाईँ हामी भनेको राजा हो राजा।तर माथि कथाको राजाको जस्तो बुद्वु नबनेर , चलाख  बन्नपर्छ।नत्र स्थिति अझै जटिल आउनसक्छ किनभने कोरोनाको गतिको हिसाब साधारण ब्याज नभई चक्रिय ब्याजको जसरी गुणात्मक तरिकाले हुन्छ। यो सुरूमा सामान्य लाग्न सक्छ, तर भोली पक्कै पनि विकराल रूप लिनेछ। किनभने यो + हैन × लाई अनुसरण गर्छ।अल्बर्ट आइनस्टाइनले कम्पाउन्डिङ (Compounding) लाई विश्वको आठौँ रहस्य भनेका थिए ।कोरोनाको गति पनि
 यस्तै हो।तसर्थ कोरोनाको अचम्मको
 गणितिय चाल बुझेर हाल निर्माण गरौँ।


●●हजुरलाई कोरोना वृद्विदरको  रसस्यलाई बुझ्न रहस्य 😘 अनुरोध गर्दछ।●●●●

○○○कोरोना को गुणात्मक वृद्धी हुनबाट हुन बाट रोकौँ।
तेरोमेरो छोडेर, सीमितता हरू त्यागेर कोरोना विरूद्व लडौँ○○○
##卐卐जनहितमा जारी सन्देश☆☆##

-लोकराज 'रहस्य'

No comments:

Post a Comment