Pages

ब्राह्मण विभेद




 


"मेरो नाम सुशान्त हो।"
"सुशान्त मात्र हो कि यसको पछाडि पनि केहि छ? "
"पौडेल हो सर"
"भनेपछि घ्यु पोल्ने पर्यौ कि खानेवाला पर्यौ? "
सबै विद्यार्थि सुशान्तको मुखमा हेरेर खितखित हाँस्छन् । सुशान्तको मनमा यस्तो अस्वभाविक प्रश्नका कारण स्वभाविक रूपमा अपमानित भएको भाव देखियो।कक्षा नौ को पहिलो कक्षामा नै सामाजिक शिक्षक युनिक विश्वकर्मा मास्टर को प्रश्नरूपि गोलिले सुशान्तको मुटु छियाछिया पारेको थियो।

सुशान्त पौडेल।घर चाहिँ बाहुन डाँडोमा ।उमेर 13 वर्ष।पढाईमा अब्बल।कक्षा 8 मा जिल्ला टप।सुशान्तको परिचय यति सम्म भन्दा वाह शब्द मुखबाट फुत्किन बेर लाग्दैन तर परिचय मा घरपरिवारको कुरा जोडिन्छ र पो फुत्किदिन्छ विचरा ।
सुशान्त हुनेखाने गाउँलेको बस्तिमा रहेको एक हुँदाखाने परिवार को किशोर हो।उसको पिता घरखर्च जुटाउन  बम्बई जाँदा सुशान्त आङमै दिसापिसाव गर्ने उमेरको थियो ।हजुरबा चाहिँ गाउँमा काइँला बाजेको नामले चिनिन्थे।सेतो कपाल, चाउरी परेको गालाले हजुरबालाई समयले आराम गर भनिरहेको भए तापनि गाउँमा दिनहुँ आइरहने पुजापाठका निम्तोमा काम गर्नमा बुढो ज्यानलाई सकि नसकि हिँडाइरहन्छन्।यजमानको  कहाँ घन्टौसम्म मन्त्र भट्याउँछन् जुन चुनावजित्न नेताले दिने भाषण भन्दा बढि लामो र जटिल पक्कै हुन्छ होला।सबै चाँजोपाजो मिलाउँछन् धार्मिक कार्यक्रमको जुन कुनै प्रोग्राममा कोर्डिनेटरको भन्दा कम ज्ञान, सिप र बुद्वि त पटक्कै लाग्दैन।तर अफसोच परिश्रम को प्रतिफल स्वरूप पाँच रूपैयाँ का चार नोट पाएर पनि काइँला बाजे खुसि हुँदै फर्किन्छन्।
सुशान्त हजुरबालाई प्रश्न गर्थ्यो, "हजुरबा ।हजुरबा।सिकर्मि, दर्जि, खेताला, मास्टर, ज्यामी सबै पेशाकर्मिले निश्चित काम र मेहनत अनुसार मुल्य पाउँछन् ।तर तपाईँले कमाउने अनिश्चित दक्षिणा किन  लुगा सिलाउने परियार काकालाई  दिन पनि पुग्दैन? किन पुग्दैन आमाको लागि विश्वकर्मा सरको पसलबाट गरगहना किन्न? किन पाउनुहुन्न हँ हजुरबा काम अनुसार को दाम? " काइँला बाजे नातिका यस्ता प्रश्नको उत्तर धार्मिक कार्य पैसाको लागि नभई यो त सेवारूपि धर्म भएको प्रतिक्रिया दिन्थे।

सुशान्तको लागि बाहुन को घरमा जन्मिनु साँच्चै दुर्भाग्य थियो।उसलाई सबैले बाहुन बाजे भनेर गिज्याउँदथे र भन्दथे, "बाउन बाज्या हग्न गया धोति हराया।" सुशान्त लाई पाइन्ट लगाएको आफुलाई किन धोति हरायो भनिरहेका होलान् सोच्दथ्यो।सोच्दथ्यो  म बाट केहि गल्ति भए, बाहुनको छोरा भएर गल्ति गरेको भन्दै दोब्बर सजाए किन हुन्छ?
साँझबिहान सुनचाँदि पसलमा व्यस्त भएर दिउँसो विद्यालय पढाउन आउने रेशम सुनार सर को बाइक देख्दा, ऊ कहिले म पनि यस्तै बाइक किनौँला सोच्दथ्यो।विद्यालयमा दलित तथा जनजाति विद्यार्थिहरूले छात्रवृत्ति पाइरहँदा ऊ सोच्दथ्यो म किन दलित वा जनजाति भएँन होला।विद्यालय को जिल्ला जनजाति संघको कार्यक्रममा आफ्नो शिक्षक बाबाको भाषण सुनिरहेको साथि कुशल मगरलाई देखेर सुशान्त सोच्दथ्यो, किन पाइरहेको छैन मैले परदेशि बाबालाई  देख्न?



एकदिन सुशान्त ले हजुरबालाई सोध्छ, "हजुरबा  बुबा ले किन जाने परेको भारत तर्फ? "
हजुरबा जवाफ दिन्छन्, "तेरो बुबा र युनिक सर सँगै पढेका साथि नै हुन्।दुवै सेकेण्ड डिभिजनमा पास भएका थिए।युनिकले फ्याटै दलित कोटामा छात्रवृति पायो र आइ. एड. गर्यो र केहि वर्षपछि दलित कोटामा स्थाई जागिरमा नाम निकाल्यो।तर मसित
युनिक सर को बुबाको सुनव्यापार जस्तो आम्दानी दिने कुनै व्यापार नभएकाले न त केहि राम्ररी पढाउने क्षमता थियो न त  बाहुनक्षेत्रिको लागि कुनै छात्रवृत्तिको कोटा थियो, न त थियो कुनै आयोगहरूमा कोटा ।समाजवाद उन्मुख यो देशमा  धेरै निजि क्षेत्रका संघसंस्था र कम्पनि छैनन् ।सबै सरकार को हातमा छ तर सरकारी जागिर मा आधि त कोटा मा विभेदपुर्ण तरिकाले मान्छे राखिन्छ।बाँकि मा आर्थिक सम्पन्न विद्यार्थिले राम्रा एकेडेमि मा महंगो शुल्क तिरेर पढ्नेले नाम निकालिहाल्छन्।"

सुशान्त ले कुरा सुनिरहेको थियो र सम्झिपनि रहेको थियो सामाजिक शिक्षकले दलितहरू मात्रै धेरै पछाडि परेको भन्दै कक्षामा पढाइरहेको अचम्म लाग्दो पाठ।

हिउँद कट्यो  ।कोइलि करायो ।पालुवा पलायो। वसन्त ऋतु आयो।हरियाली छायो ।सुशान्तको वार्षिक परिक्षा आयो।सामाजिक विषयको जाँचमा एउटा लामो प्रश्न पनि आएको थियो -नेपालमा सबैभन्दा बढि विभेदको सामना गरिरहेको वर्गको नाम र कारण लेख्नोस्।
सुशान्तको उत्तर थियो:
वर्तमान समयमा नेपालमा सबैभन्दा बढि हेपिएको जात ब्राह्मण हो।कारण यसप्रकार छन्:
1)मेरो छेउको दलित साथिले आफ्नो दलित छात्रवृत्तिबाट नयाँ ड्रेस लगाएको छ तर मसँग धेरै पटक टाँका लगाएको उहि पुरानो लत्ता छ।
2)बुबासँगै पढेका युनिक सर दलित कोटामा मास्टर हुनुहुन्छ मेरो बुबा भैयाको नोकर हुनुहुन्छ।
3)मेरो हजुरबुबाले अरू कामजसरी आफ्नो धार्मिक कार्यको कहिल्यै मेहेनेत अनुसारको फल पाउनु भुएन।
4)अरूले गल्ति गरे 2 लट्ठि खान्छन्, मैले बाउन भएकोमा 4 लट्ठि खानपर्छ।
5 )विचरा मेरो हजुरबाले कहिल्यै आशिर्वाद पाएनन्, केवल दिइरहे।
6)माछामासु नखाने मलाई युनिक सरले पिक्निकमा झुक्काएर तरिकारिमा बंगुरको मासु हालेर खुवाइदिए।

सुशान्त ढुक्क थियो B भन्दा माथिको ग्रेड आउने कुरामा।तर अफसोच रिजल्टको नतिजा बोर्डमा उसको नाम थिएन।ऊ जिवनमा पहिलोचोटि अनुत्तिर्ण भएको थियो।
(कथा काल्पनिक हो कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ)

-लोकराज रहस्य






2 comments:

  1. Really heart touching Story that I also belongs to that type of dominate in society as well as in School and college.😭😭😭😭

    ReplyDelete