कविता - मृत्यु
वा! मुत्यु त गजबको छस् !
युवा भन्दैनस्
बालक भन्दैनस्
गर्भको भ्रूण भन्दैनस्
सवै दुखको कारण तैई
सारा समस्याको समाधान तैई
मुत्यु त गजबको छस् !
त निश्चित छस्
तैपनि अनिश्चित भई दिन्छस्
सवैलाई रुवाउछस्
सवैका लागि छस्
सवैले तँलाई विर्सिन्छन
तर त कसैलाई विर्सिदैनस्
रणभुमीमा तलाई अङ्गाल्दा
वीरगति रे,
आफै अङ्गाल्दा
आत्महत्या रे,
देशका निम्ति अङ्गाल्दा
सहिद रे,
बृद्धभएर अङ्गाल्दा
मुत्यु रे
अपर्छट तलाई अङ्गाल्दा
दुर्घटना रे
कसैले मारि दिदा
हत्या रे
आत्मज्ञान प्राप्त गरि तलाई अङ्गाल्दा
महा निर्वाण रे
वा ! मृत्युु त गबज छस्।
जानू छ एक दिन सवै छोडेर
सवै नाता सम्बन्ध तोडेर
तैपनि यत्रो उद्दण्डता
यस्तै उच्छृङ्खलता
यती अहङ्कार
उस्तै अभिमान
पालेका छौ
आफ्नै मुत्युलाई विर्सेका छौँ
हिरणसणकस्यु जस्तै अहमत्याइँ
रावणा जस्तै जिद्दी
शकुनि जस्तै घटिया
मन्थरा जस्तै कुरौटे
कट्पा जस्तै विश्वास घाति
पंद्रकको जस्तै अभिमान
पालेका छौँ
गर्नु गरेका छौँ
नगर्नु गरेका छौ
खानु खाएका छौँ
नखानु खाएका छौं
बोल्नु बोलेका छौँ
नबोल्नु बोलेका छौं
हेर्ने हेरेका छौं
नहेर्ने हेरेका छौं
तर जीवनको सवै भन्दा ठुलो सत्य
आफ्नै मृत्यु विर्सेका छौँ
तर मुत्युले कसैलाई विर्सेको छैन
एक दिन सवैको आउँछ
अन्तमा तिमी पनि माटो
म पनि माटो,,!
वा ! मृत्यु त गजबको छस्
सवै दुखको कारण तैई
सारा समस्याको समाधान तैई
सवैले तँलाई विर्सिन्छन
तर त कसैलाई विर्सिदैनस्
वा ! मृत्यु त गजबको छस्!!
-विष्णुविवेक ढुंगाना

No comments:
Post a Comment