Pages

२०७७ साल सफल बनाउन ८ टिप्सहरू

संसारमै सदावहार केहि छैन ।सबै अनित्य छ।आशा गरौँ कोरोनाको महामारी‌ अब हामीबाट बिदा हुनेछ।हामी माझ २०७६ साल अतित बनिसकेको छ ।पात्रो फेरिएको सँगै  तपाईँको जिवन पनि फेरियोस्।२०७७ साल सफल बनोस् र सम्झिनलायक वर्ष बनोस्।नयाँ वर्षको शुभकामना ।

२०७७ साल लाई सफल बनाउन यहाँ केहि टिप्सहरू दिइएका छन् जसलाई व्यवहारमा उतारेर पक्कै पनि तपाईँ एक असल र सफल दुवै बन्न सक्नुहुन्छ:

 १) दिनको अन्तमा विस्तारा मा पल्टेर पुरा दिनमा ध्यान दिनुस्
  सुत्नुअघि र उठ्नेबित्तिकै को पाँच मिनेटले तपाईँको जिवन बदल्न  सक्छ।सुत्नुअघि बिहान उठेदेखि मैले के के गरे समिक्षा गर्नुस्।आफ्नो बेवकुफि प्रति हाँस्नुहोस् ।आफुलाई गर्व लाग्ने काम गरेको भए एकचोटि आफैले आफैलाई स्याबासी दिनोस् ।गल्ति गरेको भा आफ्नै गालामा चड्कम हान्नुस्  र एकचोटि रूनुहोस्  ।अनि भोलि के के गर्ने योजना बनाउनुस् ।बिहानै उठ्ने  बित्तिकै ति योजना सम्झिनुस् र उत्रिनुस् खेलमा।यस्तो खेल जो अरू भन्दा अब्बल हुन हैन ,हिँजो को भन्दा अब्बल हुन खेलियोस्।
)आफ्नो मृत्यु शैयामा बस्नुस्
मानि लिनुस् तपाईँको जिवन खतम।तपाईँ आफ्नो मृत्युशैया मा हुनुहुन्छ र भोलि तपाईँ मर्नेवाला हुनुहुन्छ ।अब तपाईँ पछाडि फर्केर यो  हेर्नुहोस् कि जिवनमा तपाईँले यो काम गर्नुभयो जुन काम तपाईँ वास्तवमै गर्न चाहनुहुन्थ्यो।तपाईँ यसरी हरेक दिनलाई अन्तिम दिन सोच्न थाल्नुभयो भने तपाईँको जिवन मा नयाँ क्रान्ति आउने छ।यसरी सोच्दा हिँजो र भोलिमा हैन ,तपाईँ आजमा जिउनु हुने छ।
३)तिन काम लेख्नुहोस् जसले तपाईँलाई  सुन्दर बनाउने छ
हामीलाई थाहा छैन हामी जिवनमा के गर्न सक्छम् के गर्न सक्दैनम् ।तपाईँ जिवनमा सबैभन्दा धनी मानिस बन्न सक्नुहुन्छ।तपाईँ सगरमाथा चढ्न सक्नुहुन्छ।देशको प्रधानमन्त्रि बन्न सक्नुहुन्छ।यिँ सबै ठुला कुरा बन्न नसके नि  तपाईँ कम्तिमा एक असल मानिस बन्ने कोसिस गर्न सक्नुहुन्छ‌।तपाईँको  यो कोसिसलाई कोहि असफल पार्न सक्दैन।न कोहि मानिस। न कुनै दुनियाँको परिस्थिति।के तपाईँ एक सुन्दर मानिस बन्न सक्नुहुन्न?एक सरल काम गर्नुस्।यस्तो तिन चिज लेख्नुस् जसले तपाईँलाई एक सुन्दर मानिस बनाउँछ‌।कोहि अरूको चाहनाअनुसार हैन आफ्नो भित्रि मन बाट जे चाहनुहुन्छ त्यहि लेख्नोस् र यसलाई जिवनमा उतार्नुस्।
४)तपाईँ हरेक दिन  जति शब्द बोल्नुहुन्छ आधा शब्द घटाइदिनुस्
यदि तपाईँ मिनेट मा २० शब्द बोल्नुहुन्छ भने १० शब्द बोल्नुहोस्।उहि चिज आधा शब्द ले भन्न सकिन्छ।सबैले यसो गरेपुरा दुनियाँ कति सुन्दर ठाउँ हुन्छ ।यसो गर्दा तपाईँमा जागरूकता बढ्छ।कुनै पनि काम गर्नुपुर्व होसियारी बढ्छ।

५)एक महिनामा कम्तिमा एक सिमा तोड्नुस्
२०७७ सालको १२ महिनामा आफुलाई यस्तो बनाउनुस् कि आफु आफ्नो लागि कदापि अड्चन नबन्नुस्।आज नयाँ वर्ष  देखि नै एउटा काम सुरू गर्नुस्।एक चिज जुन तपाईँ बन्न चाहनुहुन्न ।जसले तपाईँ असुन्दर बनाउँछ।एकदम सानो चिज।हरेक महिना एउटा चिज छोड्नुस।ठुलो चिज नसोच्नुस् ।जस्तो कि म रिसाउन छोडिदिन्छु।एकदम सानो चिज।तर पक्का।अब रिस उठ्यो भने म मुख बन्द गरिदिन्छु।यो चाहिँ गर्न सकिन्छ ।छोड्नुस् आफ्नो कुलत,बढि बोल्ने बानी,झुट बोल्ने बानी,धेरै फेसबुक चलाउने बानी आदि।अर्को नयाँ वर्ष मा त तपाईँ १२ कुरा बाइबाइ गरिहाल्नुहुन्छ।अनि सुन्दर  तपाई नबनेर को बन्छ।
६)अध्ययन गर्ने बानी बसाल्नुस्
संसारमा दिनमा ५००० भन्दा धेरै किताब छापिन्छन्।हामीले महिनामा कम्तिमा पनि १ पुस्तक(स्कुल कलेज को बाहेक) पढेपनि यसले जिवनमा धेरै फरक पर्दछ।यसकारण अहिलेको दुनियाँमा स्कुल कलेजको पुस्तक पढेर मात्र सफल हुन सकिन्न ।जति सक्यो पढ्नुहोस्।पढ्दैजाँदा   जिवन आफुले सोचेको भन्दा फरक रहेको पत्तो चल्नेछ।
७)ध्यान,योग लाई जिवनको अंग बनाउनुहोस्
ध्यान ऋषि मुनि,योगी हरूले मात्र गर्ने हो भन्ने  पुरानो सोच त्यागेर ध्यान सबैले खुसि,विचारमुक्त हुनलाई गर्ने चिज हो भन्ने जानौँ ।मानसिक शान्ति नै सफलता को सिँढि हो।योग ध्यान गर्ने फुर्सद पाइन्न भन्नेलाई अवगत गराउन चाहन्छु भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी दिनामा १ घन्टा ध्यान र  १ घन्टा योगा गर्छन् भने हामी के उहाँ भन्दा व्यस्त हौँला र?
८)प्रकृतिसँग नजिकिनुहोस्
यदि तपाईँलाई जिवन बुझ्न छ भने प्रकृतिलाई नियाल्नुहोस्।इलेक्ट्रोन र प्रोटोन को यो दुनियाँ सायद प्रकृति ले तपाईँलाई जिवन बुझाउन सक्छ ।जस्तै बगिरहेको नदी ,हल्लिरहेको वृक्ष होस्, जुन तारा,विभिन्न जिवहरू,आफ्नो शरीर आदि।दिनमा १० मिनेट भएपनि यसको अभ्यास गर्नुहोस्।








No comments:

Post a Comment