Pages

कर्णालीमा कोरोनाको द्वार: पञ्चपुरी र चौकुने



आज नेपालमा कोरोना संक्रमित को संख्या ९ पुगेको छ।एकै दिन कैलाली र कञ्चनपुरमा गरी  ३ जना  संक्रमित भेटिएका छन्।ति मध्ये २ जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने १ जना पहिले संक्रमण भएका व्यक्तिका आफन्त हुन्।



मुम्बईबाट फर्किएका लम्किचुहा नगरपालिकाका २१ वर्षिय युवामा संक्रमण देखिएको छ।चैत्र ११ गते आन्दोलन गरेर गौरीफन्टा नाकाबाटा १००० जनाको भिड मा आएका ति युवालाई १२ गतेको दिन लम्किचुहा -९ को सरस्वती माविमा राखिएको थियो।
यसलगतै बर्दिया प्रशासनले ले कैलाली जिल्लासँगका जोडिएका सिमा पुर्णरूपमा बन्द गरिसकेको छ।कर्णाली चिसापानी नाका पनि बन्द गरिसकिएको छ।
तर लम्किचुहासँग सिमा जोडिएको मोहन्याल गाउँपालिकाको कर्णाली चिसापानी हुँदै जाने चोर बाटो को रूपमा प्रयोग भएको छ।नजिकै रहेको भारतबाट यो बाटो हुँदै  प्रवेश गर्ने कर्णाली प्रदेशका नागरिक पनि देखिएका छन्।उनीहरू पश्चिम सुर्खतका पञ्चपुरी र चौकुने हुँदै कर्णाली का विभिन्न क्षेत्रमा प्रवेश गरिरहेका छन्।
त्यस्तै मोहन्याल सँग सिमाना जोडिएका पश्विम सुर्खेत का पञ्चपुरी र चौकुने पालिका लम्किचुहा बिना अपुरा छन्।विभिन्न मालसामान खरिद गर्ने लगायतका थुप्रै कामका लागि मोहन्याल हुँदै लम्कि जाने गर्छन्।यसरी विभिन्न वहानामा निर्वाधरूपमा कोरोना संक्रमित क्षेत्रमा प्रवेश गरिरहँदा मालसामान सँगै कोरोना पनि नआउला भन्न सकिदैन।


नजिकैको लम्किचुहा नगरपालिकामा कोरोना देखिनु साधारण स्वास्थ्य सेवा समेत पहुँच नपुगेका दुर्गम बस्तिको लागि दुर्भाग्य हो र यसको स्थित भयावह हुन सक्ने संभावना छ।
सहरकेन्द्रीत बनेका कोरोनाको नियन्त्रणका अभ्यासहरूले पञ्चपुरी,चौकुने र मोहन्याल का गाउँबस्ति तिर केहि प्रभाव परेको छैन।यहाँका जनप्रतिनिधिहरू कानमा तेल हालेर बसेका छन् ।यिँ अन्तरप्रदेशीय सिमामा प्रहरी पनि प्रशस्त परिचालन गरिएको छैन।राहतका नाममा यहाँ केवल प्रत्येक घरमा  १ /१ वटा साबुन बाँडिएको छ र दिनमा १५ चोटि हात धुनु भनेर रेडियोमा फुकिएको छ।पञ्चपुरी र चौकुनेवासीका भोटहरूले स्वास्थ्य राज्यमन्त्रि बनिसक्नुभएका नवराज रावतले आफ्नो निर्वाचन क्षेत्रमै केहि कदम चाल्न नसक्दा सिंगो  देशको निम्ति कोरोनाविरूद्व के नै पो गर्लान् र खै भन्ने प्रश्न पनि उठेको छ।

Map of Western Surkhet





No comments:

Post a Comment