Pages

कसैलाई नभन्नुहोस यिँ ७ कुरा









१)तपाईँको लक्ष्य 
हामीले जिवन मा हासिल गर्न चाहेक लक्ष्य कसैलाई पनि नभन्नु राम्रो हुन्छ।यस्तो गर्न त  अलि गाह्रो नै छ ।हामीहरू आफुले सेट गरेको गोल अरूलाई सेयर गर्न निकै हतारिन्छौ।तर एक अध्ययन ले यो देखाएको छ कि जब तपाईँ आफ्नो गोल अरूलाई सेयर  गर्नुहुन्छ त्यतिबेला दिमागमा एउटा एन्डोरफिन्स नामक केमिकल रिलिज हुन्छ ।जुन केमिकल ले तपाईँलाई एक्साइटेड गराउँछ गोल प्राप्त गरिसकेको जस्तो भ्रममा पार्छ । वास्तवमा यो हर्मोन त्यतिबेला निस्कनुपर्ने हो जतिबेला तपाईँ गोल याचिभ गर्नुहुन्छ ।

अर्को कुरा तपाईँले आफ्नो गोलको बारेमा अरुलाई सेयर गर्दा मानिसहरूले फरकफरक प्रतिक्रिया दिन्छन् र तपाईँ कन्फ्युजन मा पर्न सक्नुहुन्छ।यसकारण यदि साँच्चिकै लक्ष्य हासिल गर्न चाहनुहुन्छ भने आफ्नो लक्ष्य आफैमा सिमित राख्नुहोला।
)आफुले सहयोग गरेको कुरा
आफुले सहयोग गरेको कुरा सबैलाई बढाईचढाई भनिराख्न आवश्यक छैन किनभने यसले तपाईँलाई अनावश्यक घमण्डि बनाउँछ।मानिसलाई लाग्छ कि तपाईँ स्वार्थि हुनुहुन्छ र तपाईँ अरूलाई देखाउनलाई नै सहयोग गरिराख्नु भएको छ।यसकारण आफुले सहयोग गरेको कुरा सबैलाई सेयर गर्ने काम नगर्नोस।
३)प्रेमको कुरा
आफ्नो  प्रेमि को बारेमा नि कसैलाई नभन्नोस किनभने तपाईँ जसलाई साथि भनेर सबै कुरा सेयर गरिराख्नु भएको छ ,उसका तपाईँजस्तै अरू साथिहरू नि हुन्छन् र तपाईँको गोप्य कुरा सबैलाई भनिदिन सक्छन् ।

) धनसम्पति सम्बन्धि कुरा
तपाईँसग केकति धन सम्पत्ति छ भन्ने कुरा पनि कसैलाई सेयर नगर्नोस ।किनभने यदि तपाईँ सँग धेरै सम्पति भए  तपाईँ अरूलाई हेप्नुहुन्छ र कम भल तपाईँ हेपिनहुन्छ
५)पारिवारिक समस्या
घरको समस्या घरमै सुल्झाउहोस।कोहि त्यस्तै नजिक को मान्छे जसले समस्या समाधान मा सहयोग गर्छ ।
उसलाई सेयर गर्दा धेरै फरक पर्दैन ।तर जोसुकै लाई भन्नु चाहिँ तपाईँ कै रिपुटेसन घटाउँछ।यो बुझ्नुस कि तपाईँको प्रगति का कुरा सुन्दा मानिसलाई पिडा हुन्छ भने समस्या सुन्दा मजा हुन्छ।

६)अरूको गोप्य कुरा
प्राय: अहिले मानिसहरूमा आफ्नो भन्दा बढि अरूको कुरा गरेर समय बिताउने खराब वानी प्रशस्तै छ।कसैका गोप्य तथा संवेदनशिल कुराहरू अरूलाई सेयर गरेर आफु राम्रो भनेर देखाउन खोज्नु तपाईँ नराम्रो हुनुको बलियो प्रमाण हो।
७)आफ्नो कमि कमजोरी
यदि तपाईँ आफ्ना कमिकमजोरीहरू अरूलाई बताउनु हुन्छ भने अरुले तपाईँका कमजोरी को गलत फाइदा उठाउन सक्छन र तपाईँलाई हास्यास्पद पात्र बनाउन सक्छन् ।त्यसैेले आफ्नो कमिकमजोरी अरूलाई नभन्नुहोस्।

No comments:

Post a Comment