गुलाफ तिमलाई,
म त लाली गुराँस मन पराउने
नेपालिको छोरो परेँ
म कसरी गरू पर्पोज तिमलाई
यदि त्यो पर्पोज ले
म जन्मिनुको पर्पोज अधुरो भइदिन्छ भने
अहँ ,
चक्लेट पनि दिँदैन तिमलाई
किनभने
तिम्रो जिब्रोमा आफ्नो ब्राण्डको
चक्लेट खुवाउने ठुलो रहर छ
म गर्दैन प्रोमिस पनि
किनभने मैले आमालाई बुहारी रोज्ने पर्मिस दिएको छु
हग नि गर्न नपर्ला तिमिलाई
बाहिरी भाइरस सँगै तिम्रा यादका भाइरसले मेरो दिमागमा अट्याक गर्न सक्छन्
किस नि गर्दैन तिमलाई
किनकि
चाहँदैन म तिमलाई जुठो बनाइदिन
र अन्त्यमा
म मनाउँदैन प्रेम दिवस
किनभने मलाई प्रेम प्रति नै प्रेम छैन
किनकि म प्रेममा परेको मान्छे हो
No comments:
Post a Comment