Pages

प्रेममा परेको मानिस धेरै खुसी हुन्छ

औसतमा महिलाको तुलनामा पुरुषहरु छिट्टै मायामा पर्ने र पहिलो प्रस्ताव राख्नमा पनि उनीहरु नै अगाडि हुन्छन् । यसबीच लेइडन युनिभर्सिटीका प्रोफेसरहरुले प्रेम सम्बन्धी अध्ययन गर्दै गर्दा मायामा पर्दा के वास्तवमै मान्छेले आफूमाथिको नियन्त्रण पूर्णरुपमा गुमाउँछ, भन्नेबारे नयाँ खोज गरेका हुन् ।  
यसरी भर्खर प्रेममा परेकाहरुलाई समेत पहिलेपहिले आफ्नै व्यवहार असाधारण लाग्ने गरेको पाइन्छ भने अनुसन्धानले पनि त्यस्तै निष्कर्ष निकालेको छ । 
यसमा मायाको पहिलो चरण भनेको ‘प्यासोनेट’ गहिरो र समर्पित प्रेम हो जसबीच दुई व्यक्ति एकअर्काप्रति अत्यन्तै आकर्षित भएका हुन्छन् । 
वैज्ञानिकहरुका अनुसार मायामा पर्दैगर्दा मान्छेले आफ्ना भावनाहरुमा ठूलो बदलाव महसुस गर्दछन् जुन पछि गएर अधिक खुसी र उत्साहमा बदलिन्छ । 
यसकारण पनि मायामा पर्नुले मान्छेलाई धेरै खुसी बनाइदिने गरेको उनीहरु बताउँछन् । 
तर अनुसन्धानकर्ताहरुले त्यही भावनाले मान्छेको मानसिक क्षमतामा पनि असर पार्ने गरेको पत्ता लगाएका हुन् । 
यसका लागि १–६ महिनादेखि मायामा परेका ४३ युवाहरुको अध्ययन गरिएको हो । 
जहाँ सहभागीलाई आफ्ना पार्टनरका बारेमा सोच्न अनि भन्न लगाएर, प्रेमगीतहरु सुनाइ रोम्यान्टिक मुड सेट गरि विभिन्न किसिमका टास्क गर्न लगाइएको हो । 
यस्तोमा आफ्ना पार्टनरको सोच र त्यस किसिमको प्रेमपूर्ण माहोलमा उनीहरुले एकदम खराब प्रदर्शन गरेको पाइएको हो । 
यसमा आश्चर्यजनक रुपमा महिला र पुरुष दुवैको बौद्धिक प्रस्तुति नराम्रो रहेको थियो । 
यसरी अन्त्यमा रोम्यान्टिक मुडमा रहँदा विभन्न तरिकाले मान्छेको बौद्धिक क्षमतामा कमी आउने गरेको स्पष्ट भएको वैज्ञानिकहरुले बताए ।
यसमा केही विशेष टास्कहरुमा मात्र नभएर विभिन्न तरिकाले मानसिक क्षमतामा कमी आउने गरेको उनीहरुले पत्ता लगाए । 
अनुसन्धानकर्ताहरुका अनुसार कुनै पनि प्रेम सम्बन्धको सुरुवाती चरणको यो अत्यन्तै महत्वपूर्ण पक्ष हो । 
यसमा व्यक्ति आफूले माया गर्ने मान्छेतर्फ मात्र बढी केन्द्रित हुने गर्दछ भने दैनिकीका सामान्य कामकाज, कार्यस्थल, पढाइ लगायतमा उनीहरुको ध्यान कम जान्छ र अरु समयको तुलनामा प्रस्तुतिमा पनि कमी आउँदछ । 
यसकारण पनि विशेष रुपमा त्यो चरणको समयमा जोकोहीले पनि असामान्य व्यवहार देखाउने गरेको उनीहरुले बताए । 
तर त्यही प्यासोनेट प्रेम समयसँगै कम हुँदै जान्छ र प्रतिबद्धतापूर्ण ‘कम्प्यानिअन लभ’ मा परिणत हुन्छ जसले नै लामो समयसम्म दुईबीचको सम्बन्धलाई जिवित राख्छ । 



यसपछि अझ धेरै स्थिर सम्बन्धसम्म पुग्ने क्रममा मान्छेको आत्मनियन्त्रण फेरि वृद्धि हुन्छ र दुवै पुनः राम्ररी सोच्न सक्ने अवस्थामा पुग्छन् भने आफ्नो तर्फबाट सर्तक भएर सम्बन्धमा योगदान पुर्याउँछन् । 
 

No comments:

Post a Comment