हरिले फोन गरेको रहिछन् ।फोन उठाएँ सामान्य खबर सोधपुछ पश्चात् उनले भने ‘म वीरेन्द्रनगर पढ्न आउँदै छु।तिमि पनि एक्लै छौ।सँगै बसेर पढौँला यार हुन्छ कि नाई भन त”।
एक्लै बस्दाबस्दै दिक्क भएको बेला साथि सँग बस्नु त मेरो लागि निकै खुशिको कुरा थियो।त्यहि पनि बच्चै देखिको साथि सँग। मैले उनलाई भने , “ किन नहुन आउ न ।म पनि एक्लै छु।मलाई पनि साथी चाहिएको छ”।
वचन त दिइहालेँ साथीलाई ,तर घरबेटी अंटि लाई सोधेको थिएन।तल गएर सोधेँ 'अंटी सँगै बस्नलाई आजदेखि मेरो साथि पनि आउँदैछन्। कोठामा २ जना बस्न त मिल्छ होला नि है? उहाँले भन्नु भयो, “बस्न त मिल्छ तर साथी के कस्तो हुन् फेरि”।
मैले जस्तो थिए साथि ,त्यस्तै भनेँ, “यसबारेमा केहि चिन्ता लिनु पर्दैन।एकदम पढ्ने खाले इमान्दार विद्यार्थि हुन्। हल्का गायक पनि हुन्”।
उहाँले झोक्किएर भन्नुभयो, “ मैले त्यस्तो भन्न खोज्या हैन के।तिनको जातभात के हो ।तल्लो जातको मान्छेलाई त कोठामा राख्दैनौ हामी”।
म निकै कठिन परिस्थिति परेँ। किनभने मेरो साथी तल्लो जातको थिए।खाउँ भने कान्छा बाउको अनुहार,नखाउँ भने दिनभरको सिकार जस्तो भयो।निकै दोधारमा थिएँ। मानवता र कानुन सम्बन्धि अनेकौँ तर्कहरू बेकम्मा सावित हुन सक्थे उहाँसामु।
पुर्खौदेखि चलि आएको उनको अन्धविश्वास लाई कत्रा परिवर्तन र संघर्षले त तोड्न सकेन भने म त्यहाँ २ मिनेट सम्झाएर तल्लो जातको साथीलाई उहाँको घरमा बस्नको लागि कन्भिन्स गराउन सक्थेन।उनलाई मानिस एउटै हुन् भनेर समानता को पाठ सिकाउन थालेपछि त उनले साथिको तल्लो जात भएको सुइँको पाएपछि त त्यो घरमा बस्न नदिने पक्का थियो। ।निकै सोचेर डिसजन लगेँ। परिणाम सकारात्मक आउँछ भने झुट बोल्नुपर्छ जस्तो लायो।हाँस्दै बोलेँ, “हैन अन्टी ऊ क्षेत्रि हो ।चिन्ता लिनु पर्दैन”।
उहाँलाई झुट बोलेर मनाएँ पनि म अचम्मित थिएँ।हुन त पहिला म कोठा खोज्न आउँदा पनि सुरूमा जात सोध्नु भएको थियो उहाँले।म माथिल्लो जातको भएको कुरा भनेपछि मात्र उहाँले कोठा छ भन्नु भएको थियो।
कानुनी रूपमा जातिय छुवाछुत उन्मुक्त भएको आधा शताब्दी पुरा भइसक्दा पनि मानिसलाई जातको आधारमा विभेद गर्ने पुरातनवादी सोच देखेर मलाई विरक्त लागेर आयो।त्यही पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै यस्तो जातियताको खोल बोकेका कलंकहरू हुँदा रहिछन् भने पछि के होला ति दुरदराजका गाउँमा छुवाछुत को अवस्था।
परिवर्तनको खातिर २४ घन्टा डटेर हजारौँ नेपालीले गरेका थुप्रै संघर्ष र जनयुद्वको परिणाम स्वरूप बनेको नेपालको संविधान को धारा २४ को छुवाछुत तथा भेदभाव विरूद्वको हकको किन यत्रो अपमान।
संसार कहाँ पुगिसक्यो तर नेपाली समाज जातियतामा अल्झिएको छ,जुन अल्झाई लाई अझै सुल्झाउन सकिएको छैन।बिहानिमा उदाई राखेको सुर्यको मिरमिरे घाममा बसेर मानवियता को उदय कहिले होला सोच्दैँ थिएँ म।
साँझतिर मलाई साथी हरिले फोन गरेर आफु एरिचोक आइपुगेको जानकारी दिए। हत्तपत्त कपडा लगाएर हिँडे ।एरिचोक पुग्दा उनको दाजु भाउजुले पनि आएको रहिछन् उनलाई विद्यालयमा भर्ना गरिदिनको लागि। हामीहरू सबै अटो चढ्यौँ र लाग्यौँ कोठातिर ।
कोठा पुग्नु अघि उनलाई दाजुभाउजुकै सामु घरबेटीसित आफ्नो वातविक जात परियार नभनेर क्षेत्रि भन्नको लागि अनुरोध गर्ने कोसिस निकै गरेँ तर घाँटीमा अड्कियो स्वर।आएन आवाज ।उनको दाजुभाउजु को मुखनिर पुगेन भन्ने हिम्मत ।घरमा पुग्दा घरबेटीका शंकास्पद हेराईले मेरो मुटु नब्बे हानेको थियो।म सोचिरहेको थिएँ । मैले हरिको जात क्षेत्रि भनेको विश्वास नमानेर कतै साथिलाई जात सोधि दिने हुन कि निकै डर लागेको थियो।
धन्न सोध्नुभएन।बचियो जस्तो लायो।सामानहरू कोठामा राख्यौँ।उनको दाजुभाउजुहरूले पढाई लेखाई राम्ररी गर्नु भनेर सम्झाउनु भयो र गाउँतिर फर्किनुभयो।
(https://youtu.be/mckWEqdDs6s. Link for see the video of him)
उहाँहरू गइसकेपछि मैले आँशुले भरिएका आँखाहरूले हेर्दै भनिरहेको थिएँ, ‘ नाम खुल्ने कागजपत्रहरू नागरिकता,सर्टिफिकेट,प्रमाणपत्र पत्रहरू लुकाएर कसैले नदेख्ने गरि राख र घरमा कसैले जात सोधे
हरि थापा भन्नु है”
उनले कुरा बुझे।हुन्छको भाव मा टाउको हल्लाउँदै भने ‘ Ok xa tw’ ।यत्ति भन्न नि के दुख मान्या यार।यस्तो त कतिमा ठाउँमा भनियो कति”।उनले सजिलै बुझेको र लिएको देख्दा उनको पिडादायि अनुभव ले मलाई निकै पिर लाग्यो ।अहिले त्यो क्षण सम्झिँदा निकै धिक्कार्ने मन लाग्छ त्यो अन्धविश्वासि समाज र बकम्फुसे कानुनलाई।अत्यधिक घृणा लाग्छ गाउँघरका तिँ कुरूप कुसंस्कारको खोल उडेका मानवरूपि निच पशुहरू प्रति जसले मलाई दमाईको छोरासँग बस्यो भन्दै कुरा काट्ने गर्थे र लागिरहन्छ।

No comments:
Post a Comment