केहि दिन यता मेरो मानसपटलमा एक अचम्मको विचार खेलिसकेको छ ।सायद तपाईँ पनि मेरो जस्तै अवस्था मा हुनुहुन्छ भने अवश्य पनि यस्तो सोच आएको नै होला।यदि मेरो जस्तै अवस्थामा नभए पनि कुनै दिन तपाईँलाई यस्तो सोच आएको थियो होला वा कुनै दिन आउन सक्छ।
मानिस जन्मेदेखि नै सम्बन्धका जालोहरूले बाँधिन्छ।उसको उमेरसँगै क्रमश: सम्बन्धहरू पनि वर्षायाम च्याउझैँ बढ्दै जान्छन्।ति मध्ये कतिपय सम्बन्धहरू त पुर्वनिर्धारित नै हुन्छन्।जस्तै बुबाआमा ,अंकलअंटी,मामा माइजु,दाजुबैनि आदी।तर जिवन को सबैभन्दा ठुलो जो सँग जिवन बिताउनु पर्ने हो ।जोसित हरेक दु:ख सुख साट्नुपर्ने हो ।त्यो मान्छेको कुनै अत्तोपत्तो नै हुँदैन विवाह नगरेको युवा तथा किशोर साथीहरूलाई।यदि तपाईँ पनि मजस्तै सिंगल हुनुहुन्छ भने त झन् पक्कै पनि यस्तो विचारले तपाईँको निद्रा डिस्टर्व गरेको हुनैपर्छ।
कहिल्यै नभेटिएको नदेखिएको मान्छे को होली भनेर बहुत सोचमग्न भइन्छ। को होलि मेरो जिवन साथी ?कालि होलि कि गोरी होलि?अग्लि होलि कि होचि होलि।मोटि हो कि पातलि होलि।कहाँ होलि?मेरै आसपासमा छे कि ।मेरै जिल्ला वा प्रदेशकि होलि कि कतै अन्तकि होलि।आजसम्म उसको र मेरो भेट भएको होला कि नाई ।सायद कतै भेटिएपनि नचिनेझैँ हिँडेका पो छौँ कि।कहिलेकाहिँ लाछ कोहि ज्योतिष आएर भनिदिओस् कि तिम्रो हुनेवालि फलानो नाम को फलानो ठाउँमा छिन्।तर अहँ कोहि छैनन् यसरि भन्ने। कहिलेकाहीँ लाग्छ ऊ अहिले के गर्दै होलि।कतै मेरो जस्तै गरि आफ्नो भविष्यको हुनेवाला को होला भनेर सोचेर पो बस्दै छ कि?
कति अनौठो छ है यो प्रकृतिको नियम।मानिसलाई सप्राइज दिन खुबै जानेको। बुबाआमा,दाजुभाई,मामामाइजु,अंकलअंटी आदिहरू त देखिरहन्छु ।तर जिवनसाथि को अत्तोपत्तो छैन।भुगोल र गुगोल दुवैमा एकिन गर्न गार्हो छ।
गार्हो छ हजुर गार्हो।

No comments:
Post a Comment