Pages

अहिंसामुखि अभियान


विश्व अहिंसा दिवशका अबसरमा सुर्खेतको वीरेन्द्रनगरमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । “अहिंसा परमो धर्म” भन्ने मुल नाराका साथ यहाँका स्वतन्त्र नागरिक समाजको आयोजनामा कार्यक्रम गरिएको हो ।
एउटा हिंसारहित समाजको परिकल्पना गर्दै विस्व अहिंसा दिवस र विस्वमै अहिंसाका लागि विश्वसमाजले मानेका भारतिय नेता माहात्मा गान्धीको जन्मजयन्तीको अवसरमा जनचेतनामूलक कार्यक्रम गरिएको हो।
हरेक मानव मस्तिष्कभित्र रहेको हिंसात्मक ब्यवहारलाई  परित्याग गरि सबैमा अहिंसा ,प्रेम , शान्ति र सद्वविचार को बिजारोपण गर्ने मुल उदेस्यले सचेतना जगाउनका लागि  कार्यक्रमको आयोजना गरिएको आयोजकले समुहले जनाएको छ। कार्यक्रममा आफ्नो मानविय स्वार्थका लागि अरुको वलि चढाउने र पशु बलि दिनु राम्रो कुरा होइन भन्ने जानकारी गराइएको थियो ।
,, 

No comments:

Post a Comment