Pages

आशिषको तात्पर्य -कथा



आजसम्म धेरै आफन्तलाई ढोग गरियो र आशिर्वाद पनि धेरै नै पाइसकेँ।प्राय:हरूको  आशिर्वाद उहि हुन्थ्यो -ठुलो मान्छे बन्नु। बुबा भन्नु हुन्थ्यो डाक्टर बन्नु।ममि भन्नुहुन्थ्यो इन्जिनियर बन्नु।अंकलहरू भन्नु हुन्थ्यो सरकारि कर्मचारि बन्नु ।आफ्नो जिवनमा चुम्न नसकेका गन्तव्यमा मलाई पुग भनेर आशिष पनि दिने गर्नु हुन्थ्यो मामा हरू।यसरि आफुभन्दा ठुलाबडाले दिएको आशिर्वाद सत्य हुने विश्वास नभएको पनि होइन समाजमा।अरू समयभन्दा दशैँतिहारमा खानेकुराको साथै आशिष पनि किसिमकिसिमका पाइन्थे।दशैँ टिकाको राति धेरै सोँचे मैले।मलाई आशिष दिएका हुन या कुनै भुलभुलैयामा फसाएका हुन्‌ ।आखिर म बनु चाहिँ कसले भनेको जस्तो।फेरि धर्म अनुसार के बन्ने कस्तो बन्ने यो सब निश्चित छ।भाविले यो सब निधारमा लेखिदिएको छ।त फेरि यसो बन्नु उस्तो बन्नु त्यो आशिषको के अर्थ। वर्ष सम्म टिकेको चाइनिज मोबाइल जस्तो ह्यांग पो भयो दिमाग।जसोतसो निदाएछु।बिहान उठेछु ।र हत्तपत्त उठेर माथिल्लो घरमा बस्नु भएको बिरामि हजुरबालाई पनि टिका लाउन गएँ ।उहाँ सिकिस्त हुनुहुन्थ्यो।उहाँले आँशु निकालेर हात कमाउँदै जमरा लगाइदिनु भयो।अड्किँदो बोलिमा उहाँले   भन्नुभयो बाबु तिमि जे सुकै बन तर असल बन्न कहिल्यै नबिर्से।यो आशिर्वाद मा चाहिँ केहि फरकपन अवश्य पाएँ त्यसैले मस्तिष्कमा पनि अहिलेसम्म ठाउँ ओगटिरह्यो यो आशिषले।

करिब पाँच वर्षपछि अहिले प्रष्ट भएको छु उहाँको त्यो आशिषको तात्पर्य।एक महान् वाणिको तात्पर्य।सबै मानिस अहिले  ठुलै मान्छे बन्न व्यस्त छन् यहि कारणले ठुलो मान्छे बन्न धेरै सकेका छैनन्‌।अहिले एक मानिस ठुलो डाक्टर बन्न चाहन्छ,असल डाक्टर बन्ने कुरा चटक्क विर्सेको छ।एक नेता चिरपरिचित ठुलो नेता बन्न चाहन्छ,तर असल र इमान्दार बन्ने कुराको होशै पाएको छैन।एक लेखक बन्न चाहन्छ महान् साहित्यकार तर उ चुकेको छ असल साहित्यकार बनेर समाज परिवर्तन गर्नमा।एक पत्रकार वास्तविकता छोडेर उटपट्याङ समाचार लेखेर /बोलेर बनाउन चाहन्छ ठुलो पब्लिसिटि ।कस्तो अचम्मको मानसिकता छ समाजमा।मेरो एक आग्रह छ,ठुलो बन्ने हैन असल बन्नुहोस् ,ठुलो आफै बन्नु हुनेछ।असल मान्छे नभएरै कोहि ठुलो मान्छे बन्छ भने त्यो क्षणिक भ्रम मात्र हो ।त्यसैले सबै  आ- आफ्नो क्षेत्रबाट असल बनुहोस्,तपाईँ अवश्य महान् कहलिनु हुनेछ।जब तपाईँ हामि सबै असल बन्छौँ त देश कस्तो हुनेछ त्यो कल्पना तपाईँ आफै गर्नुहोला। 
लोकराज रहस्य

No comments:

Post a Comment