धर्म के हो?
धर्म भनेको मान्ने कुरा हैन यो त आफुभित्रको प्रत्यक्ष अनुभूतिको विषय हो ।संसारमा जतिसुकै धर्म छन् ,सबैको उद्देश्य एउटै छ।हरेक धर्मका प्रवर्तक वास्तवमा धर्म सम्प्रदाय बनाउन आएका थिएनन्,उनिहरू मानिसहरूलाई धर्म को मुल तत्व
अनुभुति गराई उनिहरूको उद्वार गर्न आएका थिए ।
अहिले प्राय: मानिसहरू धर्मलाई केराको गुदिलाई फालेर बोक्रा खाएझैँ गरिरहेका छन् ।
अब जानौँ
धर्म लाई जान्नुपुर्व आफुलाई जानौँ
हामी भन्ने गर्छौँ मेरो शरिर,मेरो हात,मेरो मन,मेरो दिमाग आदि ।त्यसो भए म को हुँ त? प्रश्न उब्जिन्छ ।म एक आत्मा हुँ यो नै शास्वत् जवाफ हो।मेरो भनिने सम्पुर्ण कुराहरू नाशवान् छ ।केवल आत्मा अमर छ।यो एक शक्ति हो जसले हाम्रो श्वासप्रश्वास लगाएत शरिर,मन लाई चलाइराखेको छ।शक्ति कहिल्यै नष्ट हुँदैन यो त थाहा भएकै कुरा हो।
आत्मा त संसारका हरेक प्राणी मा छ तर आत्म को दर्शन अशम्भव छ ।आत्मदर्शन भनेको चाहिँ त्यो अनन्त शक्तिको बोध हुनु हो । शक्तिसंग प्रत्यक्ष साक्षातकार हुनु हो ।यसै शक्तिलाई भगवान् /परमात्मा/ईश्ववर आदिले जनाइन्छ ।तर मुर्ख मानिसहरू जसले त्यो शक्ति प्राप्त गरे तिनैलाई भगवान् मानेर पुजा गरि मुक्ति हुने कल्पना गर्छन् ।अरे बाबा मानौँ ल ७० वर्ष पहिले एक क्यान्सर डाक्टर थिए।उनि बिरामिहरुलाई रोगको उपचार गर्थे रे ।केहि वर्ष अगाडि उनको मृत्यु भयो।अब के एक बिरामिले सो क्यान्सर डाक्टरको पुजा गरेर रोग सन्चो हुन्छ त? उक्त बिरामिले त वर्तमानको डाक्टर कहाँ गएर उपचार गराउनु पर्छ र डाक्टरको निर्देशनअनुसार औषधी सेवन गर्नुपर्छ।
त्यस्तै मनका रोगि हामिले पनि अहिलेका गुरूहरूलाई चिन्न आवश्यक छ।उनिहरुले बताएको माध्यम मार्फत हामी पनि अध्यात्म जगतमा प्रवेश गर्न सक्छौँ ।अब त्यो माध्यम के हो त्यो पनि जानौँ
त्यो हो ध्यान अर्थात मेडिटेसन ।निर्विचार र शुन्यभावको अवस्था ।अलौकिक आनन्दको अवस्था।तेस्रो नेत्र मार्फत लाखौ ब्रह्माण्डको यात्रा।परमात्मा ईश्वरको ज्योति को दर्शन।अनि त्यो बयान गर्न नसकिने ध्वनि र यसको साथै त्यो अमृत।जुन शब्दमा बयान गर्न गार्हो छ।यो नै हो ध्यान ।केवल ध्यान मार्फत मात्र त्यो सब संभव छ ।यो नै हो धर्मको रहस्य ।यो practical गर्न कुनै वास्तविक गुरू को पास जान जरूरि छ । यो नै धर्मको रहस्य हो।एकचोटि हामीले जिवनमा यो कुरा प्राप्त गर्नु जतिको उपलब्धि ब्रह्माण्डमा अरू कुनै छन्।
No comments:
Post a Comment