मलाई थाहा छ समय तिमि भेरिकर्णालिको पानी बगेझैँ कलकल बगिरहेका छौ।तिमि न कछुवाको गतिमा हिँड्छौ न त खरायो को।तिमि न घडि लगाएको दिन सुरू भएको थियौ न त घडि फुकालेको दिन मा अन्त्य हुनेछौ।तिम्रो सुरूवात पनि छैन अन्त्य पनि छैन तर तिमि मानिसको सुरूवात र अन्त्य गर्न निकै खप्पिस छौ।बच्चा लाई युवा ,युवालाई बुढेसकाल हुँदै कति छिटै मसानघाट मा पुर्याइदिन्छौ।हुनेखाने र हुँदाखाने सबैका निम्ति परिवर्तनशिल छौ।कसैका निम्ति खडेरिमा वर्षा बनेर आउँछौ त कहिले त्यहि वर्षातको बाढि बनेर आउँछौ।सालहरू सँगै मानिसहरूको हाल पनि परिवर्तन गर्छौ।रोडपतिलाई करोडपति देखि लिएर करोडपतिलाई रोडपति गराउँछौ।मानिसहरू तिमलाई बिताइरहेको भ्रममा (Time pass गरेको) छन् तर वास्तवमा उल्टै तिमले मानिसहरूलाई बिताइरहेको छौ।सम्झनामै सिमित राख्छौ कतिपय कुरालाई ।केवल आसै आसमा कसैको जिवन लाई लाशमा अनि कसैको जिवन खासमा परिणत गराँछौ कस्तो पक्षपाति तिमि ।
हेर समय,तारिफ त मैले धेरै गरे तिम्रो केहि आशा अनि अभिलाशाहरूमा।तिमिलाई मेरो आग्रह छ प्लिज सम्पुर्ण नेपालीहरूको जिवनमा पनि एकचोटि खुशिहरूको अनुभव गराइदेउ।कति उकालो मात्र चढाउँछौ अब ओरालिको पनि अनुभव गराइदेउ।देशमा व्याप्तगरिबि ,बेरोजगारी,कुरीति,अन्धविश्वास,हिंसा,आन्दोलन,अशान्ति को अन्त्य गराइदेउ।प्राकृतिक प्रकोप विचरा ति गरिबहरूको घरमा नभई ति नराम्रा भ्रष्टाचारी ,ठग,गुण्डा को घरतिर निम्ताइदेउ।कालो धन जम्मा गरेर किनेका बाइक ,कार र हेलिकप्टरकै दुर्घटना गराइदेउ।विचरि निर्मला पन्तको आत्मा लाई न्याय दिलाइदेउ।हुँदाखाने र हुनेखाने बिचको दुरिलाई घटाइदेउ।जनताको प्रतिनिधित्व गरेका प्रतिनिधिहरूको पार्टिभक्ति भन्दा राष्ट्रभक्ति बढाइदेउ।देशको आर्थिक उपलब्धि वृद्दि गरिदेउ।देशमा अवसर नपाई वैदेशिएका लाखौँ युवा हरूलाई देशमै गरिखाने वातावरण बनाइदेउ र जानलागेका युवालाई लुकेका अवसर पहिचान गराइदेउ।सिमानाहरू लुटिन नदेउ।
सम्पुर्ण नेपालिलाई आपसि सहिष्णुता र एकता मा बाँधेर आजैदेखि सुमार्गतर्फ लैजाउ है अनि
अन्तमा यो लेख पढ्ने भाग्यशालि पाठकलाई आफु र आफ्नो देश बनाउन उत्प्रेरित गराइदेउ ।सबै सामु यो सन्देश शेयर गर्न मन लगाइदेउ ताकि अरूले पनि यो पोष्टबाट केहि सिक्न सकुन् र तिमि लाई चिन्न सकुन।है समय।

No comments:
Post a Comment