No भन्न सिकौँ
आफुलाई चित्त नबुझेको कुरामा No भन्ने आँट गर।सबै जनाको चित्त बुझाउने दौडमा सँधै Yesman भएर नबाँच।जसले No भन्ने ठाउँमा No भन्न जानेको हुन्छ उसलाई नै कहाँनिर Yes भन्नुपर्छ भन्ने थाहा हुन्छ।अर्को कुरा जसको आफ्नो प्लान ,प्रायोरिटि र प्रिपेरेसन हुन्छ उसले नै No भन्न सक्छ। जब तिमि प्लान बिहिन हुन्छौ तिमि जसले जता डोर्रयो त्यतै त्यतै लाग्छौ अर्थात तिमि अरूको प्लानमा चल्न थाल्छौ।तर तिमि जहाँपनि Yes जहाँ पनि OK भन्दै बस्छौ किनकि तिमिलाई डर छ No भन्यो भने मान्छेले नराम्रो ठान्लान् तर तिमिले कहिल्यै ख्याल गरेका यि अरूले नराम्रो माछे भन्लान् भन्ने डर तिमिमा कहिले विकास भयो ।जब तिमि बच्चा थियौ तिमिलाई भनिन्थ्यो "हाँस बाबु हाँस"।तिमि अरूलाई खुशि बनाउन हाँसी दिन्थ्यौ।जब तिमि अलि ठुलो भयौ तिमिलाई भनिन्थ्यो " नाच बाबु नाच"।तिमिलाई पटक्कै नाच्ने मन हुँदैन थियो तर तिमि नाचि दिन्थ्यौ।कहिलेकाहिँ तिमिले नाच्न इन्कार गर्यौ भने भनिन्थ्यो कस्तो अटेरि बच्चा रैछन्।यस्तो भन्दा तिमि नाचिदिन्थ्यौ आफुलाई राम्रो सावित गर्न।यहि राम्रो माछे बन्ने बहानामा तिमि सत्य मानिस बन्न बिर्सियौ।त्यति मात्र हैन राम्रो मान्छे बन्ने दौडमा तिमिले कति मुल्य चुकाउनु परेको छ। ख्याल गरेका छौ।तिमि हुर्कि सकेपछि पनि तिमिलाई यो रोगले छोडेको छैन।राम्रो मान्छे बन्न आफ्नो मनको कुरा नसुन्ने रोग।कहिल्यै तिमिले आफ्ना लागि समय पनि छुट्यायनौ।मेरो सन्देश तिमि राम्रो मान्छे नबन बिबेकि मान्छे बन ।किनकि बिबेकि ले Yes र No दुवै भन्न जानेको हुन्छ।
तिम्रो साथिले भन्छ तिमि त कत्ति लोभ नगर्ने मान्छे हो मलाई GF लाई गिफ्ट किन्ने पैसा देउन। तिमि बुबाले उपचार गर्न राखेको पैसा दिन्छौ साथीलाई । उसको नजरमा आफुलाई राम्रो देखाउन।यो राम्रो मान्छे हौ भन्नु प्रशंसा हैन हतियार हो हतियार।तिमिलाई प्रयोग गर्न मानिसहरूले बानाएको हतियार हो यो।मेरो मतलब यो हैनकि तिमि सहयोग नै नगर Yes नै नभन मतलब यो हो कि परिस्थिति हेर ।सहयोग गर्नुपर्न नैे छ भने सहयोग नै नमाग्दा पनि सहयोग गर।यदि हैन भने No भन्न पनि सिक।तिमि पढिरहेको हुन्छौ म्यासेन्जरको को घन्टि बज्छ ।तिमि हत्तपत्त रिप्लाइ दिइहाल्छौ ।जबकि तिम्रो अमुल्य समय कसैले ननसेन्स म्यासेज गरेर चोरेको तिमि पत्तै पाउँदैनौ ।मानिसहरू तिमिलाई तिम्रो हैन उनिहरूको फुर्सदमा फोन,म्यासेज गर्छन्।तिमि कसैको टाइमपास गर्ने चौतारो नबन।हरदिन तिमिलाई खाना खायौ,चिया खायौ,सुत्यौ ,उठ्यौ भन्नेहरू सबैको एकएकजवाफ दिन जरूरि छैन।
कतिपय कुराहरू इन्कार गर्नपनि सिक जसरी राजहाँसले मिसिएको दुधपानीबाट दुध दुध
मात्र खिचेर पानी छुट्याउँदछ।कसैको मन दुख्ला भन्ने डरले तिमि काँपिरह्यौ भने तिमिले जिन्दगि भर दु:खि हुनुपर्छ।तिमिलाई कसैले राति नौ बजे भेट्न आउँछु भन्छ तिमि आफ्नोकाम थाँती राखेर उसलाई कुरेर बस्छौ।तर उ १० बजे आइपुग्छ हल्लिँदै हल्लिँदै ।म भए त्यस्तो लाई सिधै इन्कार गरिदिन्थे किनकि जसले मेरो समयको महत्व बुझ्दैन उसले जिवनको महत्व पनिबुझ्दैन।मेरो सुझाव तिमि आफुलाई धेरै सस्तो कदापि नबनाउ।जसले आफुलाई महत्व दिन्छ उसलाईनै दुनियाँले महत्व दिने हो।तिम्रो साथिले तिमलाई भन्छ म संग गाँजा लिन साथमा गइदेन यार।तिमि जान्छौ।त्यो साथिले चुरोट सल्काउँदै भन्छ तान्न यार एक सर्को तँ त मेरो बेस्ट साथी होस् तिमिलाई धेरै तारिफ गर्छ र तिमि मक्ख पर्दै गाँजा तान्छौ।यसरि तिमि नराम्रा कुरालाई Yes भन्छौ भने तिम्रो जिवन धिक्कार हुनेछ।
यदि तिमि सँग प्लान र प्रायोरिटि छ भने तिमि No भन्न सक्छौ।अनि तिमिसँग त्यो लुकेर बसेको डर छ कि No भने त आफुलाई नराम्रो सोच्छन् यो डरलाई हटाइदेउ ।तिमिले No भन्नु नेगेटिभ हैन Negative त यो हो कि जहाँ तिमले No भन्नपर्ने हो त्यहाँ तिमि Yes भनिदिन्छौ।No भन्दा मित्रता टुट्दैन झन् बलियो हुन्छ किनकि जो व्यक्ति तिमले No भन्दा नै टाढिन्छ वा शत्रुमा बदलिन्छ त्यो वास्तवमा तिम्रो मित्रनै थिएन।मित्र त्यो जसले तिम्रो सत्य स्वरूपलाई स्विकार्छ।
कसैलाई तिमिले तत्काल No नभनेर केहि बहाना पारेर पनि भन्नजजान्दछ।No भन्ने तरिका धेरै हुन्छन् ।तिम्रो परिक्षा चलिरहेको छ ।तिम्रो मामा अमेरिका देखि एअरपोर्ट सम्मआउनु भा छ र तिमलाई लिन बोलाउनु भा छ।
तिमि भनिदिन सक्छौ मेरो भोलि परिक्षा छ भाइलाई पठाइदिन्छु।यस्तो भन्दा मामा तिमिदेखि रिसाउनु हुन्न उल्टै तिमलाई समझदार सम्झिनु हुन्छ।यदि रिसाएछन् भने पनि रिसाउन देउ अमेरिका देखि एअरपोर्ट सम्म आउन चाहिँ मिल्ने घरसम्म आउन चाहिँ नमिल्ने हुन्छ र जबकि भाइ पनि त उहाँलाई लिन जाँदै छ ।
छोराछोरिहरूले भनेको सबै कुरा खुरूखुरू मान्छन् भने आमाबुबा खुशि हुन्छन् ।यसो हो भने बुझ्न जरूरि छ कि तपाईँ छोराछोरी लाई विवेकि मानिस हैन एक रोबोट जस्तो मानिस बनाउन खोज्दै हुनुहुन्छ।जे भनेको पनि मान्ने।अभिभावक को गुनासो हुन्छ कि मेरो छोराछोरिले भनेको मान्दैन् ।तर किन मान्दैनन् -किनकि उनिहरू जान्दछन्।सानो छँदा तपाईँ छोरालाई खाना खुवाउनु हुन्थ्यो के अहिले खुवाउँदा मान्छ ।अहँ उ मान्दैन किनकि उ जान्दछ।अरू सबै काम तपाईँकै जसरि नजान्ला तर प्रयास त गर्ला।फेल भएपनि केहि पाठ त सिक्ला।
मानिस संग बुद्दि र विवेक हुन्छ।कुनै पनि कुरा स्विकार गर्न नसोचेपनि हुन्छ तर इन्कार गर्न केहि न केहि सोच्नु आवश्यक हुन्छ तसर्थ हरेक अभिभावकलाई पनि मेरो सुझाव छ कि छोराछोरी लाई दास नबनाउनुस्।उनिहरूको आत्मनिर्णयको सम्मान गर्नुस।धन्यवाद।
Labels:
मोटिभेसनल
Subscribe to:
Post Comments (Atom)
Supop
ReplyDelete