Pages

प्रेमको विविधिकरण (Diversification Of Love)

 

Do not put all eggs in one busket' अथवा सबै अण्डा एउटै टोकरीमा राख्नुको सट्टा फरक-फरक टोकरीमा राख, जसकारण सबै अण्डा फुट्न पाउंदैन।

यो सिद्धान्त लगानी व्यवस्थापन गर्न को लागि निकै प्रचलित छ।सबै रकम एउटै कम्पनीमा लगानी गर्नुको साटो फरकफरक कम्पनीमा गर्नु उचित हुन्छ।ताकि बांकि कम्पनी घाटामा गएपनि नाफामा गएका कम्पनी ले रिकभर गरिहाल्छ।मानौं तपाईं ले चारवटा कम्पनी मा लगानी गर्नुभयो,तिनवटा घाटामा गए।तर तपाईंले चिन्ता गर्नुपर्दैन ,बचेको एउटा कम्पनिले असुल गरिहाल्छ।


अब आजको विषयतिर लागौं।आजको हाम्रो विषय छ-कोहि एउटै व्यक्तिलाई मात्रै असाध्यै माया नगर। एउटै लाई पुरै दुनियां नठान। आफ्नो हृदय को असिमित सामर्थ्य लाई कुण्ठित नतुल्याऊ। आफ्नो प्रेमलाई नि डाइभर्सिफिकेसन गर। प्रेमलाई बांड। प्रेम सबैलाई गर। यसलाई फैलिन देऊ। जसरी घाममा राखिएको लेन्सबाट निस्केको ताप र प्रकाश एकैतर्फ केन्द्रित गरेपछि, कागज नै जलाउंछ, यसरी नै तिम्रो हृदयबाट निस्केको प्रेम एकै व्यक्ति तर्फ केन्द्रित गरेपछि , स्वयम् तिमलाई नै एकदिन मानसिक पिडाले जलाउनेछ।


एउटा गित सुन्नु भएको होला,"एउटा मान्छेको मायाले पनि कति फरक पर्छ , जिन्दगी मा।" यहि गितले भनेजस्तै एउटा मान्छे मात्रको माया ले अथवा एउटा मान्छेलाई मात्र गरिएको मायाले तपाईं को जिवनलाई फरक पारिदिन्छ या भनौं तहसनहस समेत पारिदिन सक्छ।जिवनमा कहिल्यै पनि मान्छेहरुको मायाले असर पर्दैन,असर पर्छ त केवल एउटा मान्छेको मायाले।



माया के हो? प्रेम के हो ?मोह के हो?मन के हो? आउनोस् एकचोटि वैज्ञानिक तरिकाले व्यावहारिक रुपमा सोचौं।जब हामी कुनै पनि काम लगभग एक्काइस दिनसम्म लगातार गर्छौं ,त्यो हाम्रो बानी बन्छ। त्यो काम सबेरै उठ्ने,चिया खाने , मर्निङ वाक गर्ने, मेडिटेसन गर्ने देखि लिएर फेसबुक चलाउने, कसैलाई फोन गर्ने, म्यासेज गर्ने, सम्झनामा हराउने पनि हुन सक्छ।जब हामी कुनै काम लाई लगातार गर्छौं, हामीलाई त्यसको लत बस्छ।यहि लत जब महिला हुनुहुन्छ भने पुरूष र पुरुष हुनुहुन्छ भने महिला प्रति बस्छ भने तपाईंको लत अझै कडा हुन्छ किनभने तपाईंकै विरूद्ध तपाईंको हर्मोनले पनि यसै बानी लाई सहयोग गर्छन्। अन्ततः एउटै व्यक्ति बाट ,एक व्यक्ति मात्र को कल्पना/कल/म्यासेज/भेट ले मस्तिष्कमा खुसि हुने डोपामिन र सेरेटोरिन नामको केमिकल पैदा गर्छ।अब यहि खुसि लाई कै आधारमा भन्ने गरिन्छ-संसारका सारा खुशी तिमिले दिने गर्छौ।,मलाई तिमी भए पुग्छ,यो समाज , परिवार के नै हो र हाम्रो माया अगाडि ,आदि इत्यादि। यस्तै हुंदै जान्छ ,अनि सबै समय /ध्यान एउटैतिर हुन्छ । सबकन्सिअस दिमागमा मान्छे बस्छ।अरू कसैको मतलब हुंदैन।एउटै मान्छे मा संसारमा भेटिन्छ। यस्तै यस्तै हुन्छ ।के के हुन्छ। यस्तै यस्तै हुन्छ।


अब अल्लि मन कठोर बनाएर पढौं।के यो मायाको संसार संधै रहिरहन्छ।के मेरो लागि दिनरात नभनि समय दिन तयार हुने मान्छे संधैभरी अनमोल समय मलाई दिइरहला त?के मेरो प्रेमीसित संगै रहनको लागि बाध्यकारी सामाजिक परम्परा विवाह मसंगै हुन्छ होला त?के मलाई यति धेरै माया गर्ने व्यक्ति को माया संधै रहिरहला त? के मलाई संसारमा सबैभन्दा बढि माया गर्ने मान्छे संधै रहिरहला त?यि प्रश्नहरु आफैसँग सोध्नुहोस् , केहि प्रश्नको उत्तर अं त के रे आउला तर सबै प्रश्नको उत्तर अं आउने छैन। यदि सबैको उत्तर अं नआएपछि एउटा कुरा ख्वाल गरौं-यहां संधै केहि रहंदैन । संसार परिवर्तनशील छ।अनित्य छ।यहां संधै रहिरहनेवाला केहि छैन/कोहि छैन।


जब यो मायाको संसार अन्त हुन्छ ।अनि सुरु हुन्छ घृणा, तिरस्कार ,पिडा,छटपटि को सुरुवात ।जति नै प्रेम प्राप्ति बाट आनन्द मिलेको थियो,त्यति नै ब्याज सहित पिडाको प्राप्ति पनि हुन्छ। तपाईं को केहि वर्ष पहिले को सोच, विचार ,सपना र अहिलेको स्थिति हेर्नोस्,कति फरक छ। तपाईं मा यस्तो परिवर्तन हुन्छ ,भने स्वभावैले अरू मानिसका शारीरिक एवम् मानसिक परिवर्तन पनि स्वभाविक छन्। त्यसैले माया संधै रहिरहंदैन। प्राप्त भएपछि पनि कम हुन्छ या भनौं हंदै हुंदैन , प्राप्त नभएपछि पनि आफैलाई पिडा हुन्छ।


अन्ततः निष्कर्ष यो हि कि प्रेम सप्पैलाई गर। तिम्रो हृदयमा आमा,बुबा, हजुरबुबा, हजुरआमा,भाइबैनी लगायतका सबै आफन्त र अन्य साथिहरूले पनि ठाउं ओगटुन् र तिम्रो अमुल्य समय उहाँहरूलाई पनि प्राप्त होस्।एउटै मात्र बेस्ट फ्रेन्ड बनाएर मलाई अरु साथि चाहिंदैन नसोच , आफ्नो फ्रेण्ड सर्कल बढाउंदै लग।संधै प्रेमिका/प्रेमी लाई मात्र हैन अन्य केटा वा केटी साथिलाई नि समय देउ यदि दिदैनौं भने तिम्रो लभस्टोरी सुन्ने फुर्सद नहोला उनिहरूलाई।कोहि एक विशेष व्यक्ति बिना बांच्नै नसक्ने नबन,ऊ भएपछि अल्लि खुसि साथ बांच्न सक्ने मात्र बन। मानौं , तपाईं कार ड्राइभिङ गर्दै हुनुहुन्छ र बाटोमा बिग्रियो-के गर्नुहुन्छ? भन्नुहोला बनाउंछु।म फेरि सोध्छु-बनेन भने ? तपाईं संग अतिरिक्त पाङ्ग्रा हुनुपर्छ।जसको सहयोग ले तपाईं को यात्रा सफल हुनेछ।यो प्रेमको मामला पनि एउटा कुरा जब एउटै व्यक्ति लाई दुनियाँ ठानेर उसैको लत नबस्नोस् । मान्छेलाई मात्र के सकिन्छ भने जनावर चराचुरुङ्गी,किरा फट्यांग्रा,वनस्पति,नदि,वन,तलाउ,हिमाल सबैलाई गर्नोस् ।अनि नबिर्सेर आफैलाई गर्नोस्।तर संकुचित प्रेम नगर्नोस्। संकुचित प्रेम ले तिम्रो जिन्दगी नै संकुचित पारिदिनेछ। जसरी बग्ने लोभले सिमित स्थान मै सिमित रहेको पानी प्रदूषित हुन्छ,त्यसरी कोहि सिमित व्यक्तिलाई मात्र गरिएको प्रेम सिमित रहन्छ र प्रदूषित बन्छ‌।कोहि यति धेरै खास पनि नबनोस् कि अरू बकवास् बनुन्।अल्लि बढि,अल्लि कम होस् तर कसैलाई सागर सरी अथाह पनि नहोस्।किनभने खाना होस् या माया धेरै कसैलाई पच्दैन।अनि कसैलाई भोक्कै पनि नराख्नोस्, यति लोभ पनि ठिक हुंदैन। आजसम्म संसारमा कसैले नभनेको कुरा भन्दैछु- तिम्रो मायामा पनि विविधकरण होस्।

 लोकराज आचार्य 








No comments:

Post a Comment