Pages

समय

एक करोडपति बाबु आफ्नो छोरालाई गाउँतिर घुमाउन लैजाँदै थिए।उनि आफ्नो छोरालाई गरिबहरूको अवस्थाबारे देखाउन चाहन्थे।अर्थात उनि छोरालाई हामी  कति धनि छौँ देखाउन चाहन्थे। कोहि केटाकेटिहरू नदिमा नुहाउँदै थिए। कोहि खेतबारीमा काम गर्दै थिए।कोहि साथिहरूसित रमाइलो गर्दै  खेल्दै थिए।बाबुछोराले उनिहरूको जनजिवन निहाल्छन्।

पुरा गाउँ घुमिसकेपछि बुबाले छोरालाई कस्तो लाग्यो भनेर सोध्छन् छोराले पनि बहुत राम्रो लाग्यो भन्छ |फेरि बुबाले  सोध्छन् ल भन गरिब मान्छेहरू र हामीमा के फरक छ  ।छोराले एकदम मर्मस्पर्शि कुरा भन्छ।हामिहरूसित उज्यालोको लागि बल्ब छ तर उनिहरूसित जुन छ।हामिहरूसित पौडि खेल्न स्विमिङ पुल छ तर उनिहरूसित ठुलो नदि छ।हामीहरूसित सुन्नका लागि गितहरू हुन्छन्,तिनिहरूसित चराहरू का आवाजहरू छन्।फुर्सदमा हामिहरू टिभि ल्यापटप चलाउँछौँ उनिहरू परिबारमा गफगाफ गर्छन्  हामिहरू खानेकुराहरू किनेर खान्छौँ ,उनिहरू उत्पादन गरेर खान्छन्।बाबु वाल्ल पर्छ। 

माथिको कथाको तात्पर्य मानिसले हरेक कुरामा सकारात्मक कुरा पनि भेटाउन सक्छ।उक्त बालकले गरिबिमा पनि कति राम्रो कुरा भेटायो।आधा पानि भरिएको गिलासमा कसैले पानि देख्छ त कसैले खालि भाग देख्छ।एक सिकारिले ठुलो जनावर देख्दा डराउन पनि सक्छ वा निशाना चुक्दैन भनेर खुशि हुन नि सक्छ। माथिको कथाबाट यो पनि सिक्न सकिन्छ ,पैसा सबैथोक हैन ।सबैभन्दा मुल्यवान् वस्तु समय,खुशि पैसाले किन्न सकिन्न।विल गेट्सलाई म तपाईँलाई युवा बनाइदिन्छु तपाईँ आफ्नो सम्पति दिनुस भन्दा अवश्य मान्छ। त्यसैले आफुसित भएको समय चिन्नुहोस,मेहेनत गर्नुहोस् ।हरेक दिन जिम्मेवारिहरू फर्सिको लहरा जस्तै लम्बिरहेका हुन्छन् भने तपाईँको आयु
चुरोटको ठुटो जस्तै लम्बिरहेका हुन्छन्।तपाइँको १ सेकेण्ड समय अर्बौ रूपैयामा पनि किन्न सकिन्न।त्यसैले पैसा हैन तपाईँका हरेक पलहरूको सदुपयोग गर्नुस ।यसरि नै जिवनमा वास्तविक सफलता हासिल गर्न सकिन्छ‌।

1 comment: